News Summary
Generated by OK AI. Editorially reviewed.- २९ साउनको बाढीले जाजरकोट नलगाड–१० र ११ बीच ताक्सुगाडको झोलुङ्गे पुल र अस्थायी कजवे बगाएको छ।
- पुल र कजवे बगाएपछि भेरी करिडोरमा आवतजावत अवरुद्ध भएको छ र स्थानीयवासी तथा यात्रुहरू जोखिम मोलेर खोला वारपार गरिरहेका छन्।
- स्थानीयले ताक्सुगाडमा पुल र कजवे पुनर्निर्माण गरी तत्काल सुरक्षित आवतजावतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
१८ भदौ, सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को बीचमा रहेको ताक्सुगाडमा बाढीले पुल तथा अस्थायी कजवे बगाएपछि स्थानीयवासी तथा यात्रुहरू जोखिम मोलेर खोला वारपार गर्न बाध्य भएका छन्।
गत २९ साउनमा आएको बाढीका कारण ताक्सुगाडमा रहेको झोलुङ्गे पुल र आवतजावतका लागि बनाइएको अस्थायी कजवे बगाएको हो ।
पुल तथा कजवे बगाएपछि भेरी करिडोरमा आवतजावत प्रभावित भएको छ भने स्थानीयले ज्यान जोखिममा राखेर ताक्सुगाड वारपार गरिरहेका छन्।

बाढीका कारण नियमित आवतजावतको बाटो अवरुद्ध भएपछि पैदल यात्रु तथा स्थानीयवासीलाई विशेषगरी वर्षायाममा खोला पार गर्न कठिनाइ भएको छ।
तीव्र बहाव रहेको खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था रहेकाले दुर्घटनाको जोखिमसमेत बढेको छ।
ताक्सुगाड भेरी करिडोरको महत्त्वपूर्ण सडक खण्डमा पर्ने भएकाले पुल तथा कजवे पुनर्निर्माण गरी तत्काल सुरक्षित आवतजावतको व्यवस्था गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया 4