+
+
Shares

पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द   

रासस रासस
२०८३ वैशाख १३ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोजपुर–चखेवा सडकमा शनिबार राति आएको बाढीले बोखिमस्थित मोटरेबल पुल बगाउँदा यातायात सेवा पूर्णरूपमा ठप्प भएको छ।
  • सडक अवरुद्ध हुँदा बिरामी ओसारपसार, विद्यालय जानआउन र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए।
  • सडक डिभिजन कार्यालयले प्राविधिक टोली खटाएर क्षतिको अध्ययन गरी अस्थायी रूपमा सडक सञ्चालन गर्ने र वैकल्पिक बाटो निर्माण गर्ने प्रयास गरिरहेको छ।

१३ वैशाख, भोजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प बनेको हो ।

बहाव तीव्र भएका कारण बाढीले पुल बगाएको स्थानीयले बताए । पुल बगेसँगै मध्यपहाडी लोकमार्गसँग जोडिने यो सडक खण्ड अवरुद्ध हुँदा दैनिक आवतजावतमा समस्या भएको छ । उक्त सडक बन्द भएपछि स्थानीय उत्पादन बजारसम्म पु¥याउन समस्या भएको छ ।

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

‘बाढीले पुल बगाएपछि वैकल्पिक उपाय खोज्दै छौँ, अस्थायी रूपमा सडक सञ्चालन गर्ने प्रयासमा छौँ,’ उनले भने ।

सडक डिभिजन कार्यालय तुम्लिङटारले प्राविधिक टोली खटाएको जनाएको छ । टोलीले क्षतिको स्थलगत अध्ययन गरिरहेको र अस्थायी रूपमा सडक सञ्चालन गर्ने विकल्पबारे छलफल गरिरहेको छ । डोजर तथा अन्य उपकरण प्रयोग गरी सडक मर्मत तथा वैकल्पिक बाटो निर्माणको प्रयास भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?