News Summary
Generated by OK AI. Editorially reviewed.- बूढीगण्डकी नदीको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ।
- सडक डिभिजन कार्यालय हेटौँडाबाट बेलिब्रिजका सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ।
- नेपाली सेनाको टोली बेलिब्रिज निर्माणका लागि फिल्डमा खटिएको छ र सामान आएलगत्तै काम सुरु हुने बताइएको छ।
२५ असोज, गोरखा । बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ । सडक डिजिभन कार्यालय हेटौँडाबाट बेलिब्रिजको सामान ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।
‘हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको छ,’ कार्यालय प्रमुख विनोद पुनले भने, ‘सम्भवत: भोलिसम्म सामान आउला, आएलगतै काम सुरु हुन्छ ।’
बेलिब्रिज निर्माणका लागि आजैबाट टोली फिल्डमा खटिसकेको नेपाली सेनाले जनाएको छ । सामान आए लगतै काम सुरु हुने रुद्रध्वज गणका गणपति विरोध रिजालले बताए।
‘रेक्कीका लागि टोलि गइसकेको छ, हेटौडाबाट सामान आएलगतै काम सुरु हुन्छ,’ उनले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4