Comments Add Comment

युरो कपका पाँच सुपर हिरो, कसलाई के पावर हेर्नुस्

5-Hero-of-euro

मार्भो कोमिक्स समूहले इएसपीएनसँग मिलेर युरो २०१६ का पाँच हिरो बनाएको छ, जुन यसअघि कहिल्यै भएको थिएन ।

वायन रुनी, ग्यारेथ बेल, क्रिष्टियानो रोनाल्डो, ज्लाटन इब्राहिमोविच र पल पोग्बालाई सुपर हिरोका रुपमा प्रस्तुत गरिएको छ ।

उनीहरु सबै आफ्नो देशका स्टार हुन् र यहाँ विशेष शक्ति प्राप्त सुपर हिरोका रुपमा प्रस्तुत गरिएको छ ।

१.क्रिष्टियानो रोनाल्डो

रियल मडि्रडका फवार्ड रोनाल्डो युरो कपका सुपर स्टार नै हुन् । उनले क्लब फुटबलमा सबै उपाधि जितिसके । तर, देशका लागि भने ठूलो अन्तराष्ट्रिय उपाधि जित्न सकेका छैनन् । र, यो पटक रोनाल्डो फ्रान्समा उपाधि जित्न चाहन्छन् । यहाँ उनलाई ‘गोल स्कोरिङ बुट्स’ प्राप्त सुपर हिरोका रुपमा प्रस्तुत गरिएको छ ।

२.वायन रुनी

इग्ल्याण्डका रुनी । यो युरो कपमा इंग्ल्याण्डलाई उपाधि दाबेदारका रुपमा हेरिएको छ । र, यसका लागि रुनीले सुपर स्टार बन्नु पर्ने हुन्छ । तर, पहिलो खेलमा इग्ल्याण्ड रसियासँग १-१ को बराबरीमा रोकिएको छ । यहाँ रुनीलाई ‘सुपर स्ट्रेन्थ’ पावर प्राप्तका रुपमा प्रस्तुत गरिएको छ ।

३. ग्यारेथ बेल

वेल्सलाई ५८ वर्षपछि विश्वस्तरको ठूलो प्रतियोगितामा पुर्‍याउन स्टार हुन् वेल । उनीबाट यो पटक वेल्सले धेरै अपेक्षा गरेको छ । ‘डि्रब्लिङ स्पिड’ पावर प्राप्त सुपर हिरोका रुपमा उनलाई प्रस्तुत गरिएको छ ।

४. ज्लाटन इब्राहिमोविच

स्वीडेन इब्राहिमोभिचलाई यहाँ माइन्ड बडी कन्ट्रोल सुपर पावर दिइएको छ ।

५. पल पोग्बा

फ्रान्सका पोग्बालाई बक्स टु बक्स पापर सुपर हिरोका रुपमा प्रस्तुत गरिएको छ । घरेलु मैदानमा भइररहेको युरो कपमा फ्रान्स पनि उपाधि दाबेदार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment