Comments Add Comment

फिचर

List Grid
‘सडकमै विमान ओराल्ने’ कार्यक्रम सुनेर विज्ञ चकित !

२४ वैशाख, काठमाडौं । सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा एउटा रोचक योजना अघि सारेको छ । त्यो योजना हो– राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपतकालीन विमान उडान र अवतरण गर्न सक्ने धावनमार्गका रूपमा विस्तार गर्ने । नीति तथा कार्यक्रममा यो विषय आउँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका उच्चअधिकारीहरु नै अचम्ममा परेका छन् । उड्डयन क्षेत्रको […]

किन बिग्रियो नेपाली फिल्मको ग्रहदशा ?

नेपाली फिल्मको ग्रह-दशा नराम्ररी बिगि्रएको छ, अहिले । डेढ करोड हाराहारी बजेटमा, ३०/३५ जनाको समूहले, दुई महिना अविछिन्न खटेर बनाउने फिल्म हलमा जेनतेन तीन दिन टिक्दैन । एक शो पनि हाउसफूल हुँदैन । किन ? जवाफ एक, बजेट कम भएर । जवाफ दुई, हलिउड/बलिउड फिल्मको ह्याकुलाले थिचेर । जवाफ तीन, घरेलु दर्शकले नेपाली फिल्मलाई माया […]

‘फ्ल्यासब्याक’मा उपेन्द्र देवकोटा, यसरी गरियो सम्झना

४ पुस, काठमाडौं । बाँसबारी न्यूरो अस्पतालको नाम फेरिएको छ । अस्पताल देखिनवित्तिकै नेमप्लेट देखा पर्छ– ‘उपेन्द्र देवकोटा मेमोरियल नेस्नल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ट एलिड साइन्स’ । डा. उपेन्द्र देवकोटा हतारिँदै ओहोरदोहोर गर्ने न्यूरो अस्पतालको प्राङ्गणमा बुधबार ठूलो फ्रेमिङ फोटोमात्र थियो, जहाँ दुई सुन्दर माला ओडेर सुन्दर दाँतसहित मुस्काइरहेथ्यो डा. देवकोटाको तस्वीर । डा. देवकोटा […]

थाइल्याण्ड: यौनमा उदार, यौन हिंसामा कठोर

पटायाबाट बैंककका लागि माइक्रोबसमा चढेको केहीबेरपछि पातलो निद्राले आँखालाई झ्याप्प छोप्दै थियो । गाडीभित्र चलेको मसिनो खल्बलीकै बीच–बीचमा हाँसोको पर्रा छुट्थ्यो । निदाउनै लागेका बेला यस्तै हाँसोले ब्यूँझायो मलाई । माइक्रोमा पटाया घुमेर फर्केको हाम्रो टोलीसँगै अन्य देशका पनि पर्यटक थिए । बेलाबेला बिथोलिँदै निदाउँदै गर्दा मेरो निद्रा बिथोल्ने साथीहरुको संवाद सुरु भयो । एउटीले […]

सिस्टम र टिमवर्कले सफल बनेको सिप्रदीको कथा

राजनबाबु श्रेष्ठ, नेपालकै सबैभन्दा ठूलो अटोमाेबाइल कम्पनी ‘सिप्रदी’ ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनीको सीईओको अभिभारा सम्हाल्न श्रेष्ठलाई सहज त कहाँ होला र ? तर, पनि उनी काममा पुरापुर ‘इन्जोय’ गर्छन् । र, कम्पनीका चुनौतिलाई अवसरका रुपमा देख्छन्, अनि रणनीतिहरु तय गर्दै टिमलाई ऊर्जा थप्छन् । […]

अरु देशका भन्दा नर्वेका युवा कसरी धनी हुँदै छन् ?

९ साउन, काठमाडौं । अमेरिका बेलायत र अन्य पश्चिमी देशमा सन् १९८० र २००० बीच जन्मिएका मानिसहरु खर्चको बोझले दबिएका छन् भन्ने कुरा अब नयाँ रहेन । पश्चिमी देशका युवायुवतीहरु आफ्नो आमाबुबाभन्दा गरिब हुने बाटोमा छन् । तर, पश्चिमकै एक देशमा भने उल्टो गंगा बगिरहेको छ । यस्तो कसरी भैरहेको छ ? पढाइ र घरखर्च […]

‘म गोली लागेर ढल्दा नजिकै रहेका प्रहरी रमिते बने’

१३ जेठ, कैलाली । प्रदेश ७ को अस्थायी राजधानी धनगढीको बीच बजारमा आइतबार एक जना व्यक्तिलाई दिनदहाडै गोली हानेर रकम लुटिएको छ । गोली लागेर घाइते निर्मल कुमार कार्कीले आफू गोली लागेर ढल्दा पनि नजिकै रहेका प्रहरी र स्थानीयबासी रमिते बनेको बताए । कार्कीको पाखुरा र छातिमा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पेस्तोलको गोली […]

आहा ताल ! फेवादेखि फोक्सुण्डोसम्म

विशाल जलासयमा खुला निलो आकासको प्रतिविम्ब कस्तो देखिएला ? वा सूर्यास्तको बेला पोतिने सुन्तले रंगको प्रतिछायाँ कस्तो देखिएला ? दृश्यावलोकनको लागि अन्त जानुपर्दैन, आफ्नै मुलुक चहारे पुग्छ । भनिन्छ, पानीको रंग हुँदैन । रुप हुँदैन । तर, ठाउँ–ठाउँमा भेटिने जलाशय हेर्दा भन्न करै लाग्छ, पानीको पनि रंग हुन्छ । पानीको पनि रुप हुन्छ । वास्तवमै […]

जात्राका गुन्डा, भष्मे डनका रुम पार्टनर

  बागमती किनारमा ‘भष्मे डन’को पछि लागेर हिँड्ने । चिनियाँ स्टाइलको पातलो दाह्री र जुँगा पालेका । पुग-नपुग पाँच फिट उचाइका । झ्याप्ले कपाल, खबटे अनुहार । फिल्म ‘पशुपतिप्रसाद’का यी पात्रलाई कतिले चिने, कतिले चिनेनन् । तर, फिल्म ‘जात्रा’मा आइपुग्दा दर्शकको स्मृतिमा त्यही अनुहार दोहोरियो । उनीहरुको मुखबाट अनायसै फुत्कियो, ‘अरे, त्यो त भष्मेको साथी […]

यी हुन् भारतका गरिब मुख्यमन्त्री, सम्पत्ति जम्मा ४ हजार !

१८ माघ, काठमाडौं । मानिक शंकर चार कार्यकाल भारत त्रिपुराको मुख्यमन्त्री भइसके । अब पाँचौं पटक मुख्यमन्त्री बन्ने दौडमा छन् । तर, उनीसँग न जमिन छ न घर । उनीसँग ३ हजार ९३० भारु नगद छ । उनको कहिल्यै आयकर तिरेका छैनन् । सीपीआई एमका नेतासमेत रहेका मुख्यमन्त्री शंकरले आफ्नो तलब पार्टीलाई दिन्छन् र निर्वाह […]

परम्परा तोड्दै मेलेनिया स्टेट अफ युनियनमा एक्लै गइन्

राष्ट्रपतिको ‘स्टेट अफ द युनियन’ सम्बोधनमा प्रथम महिलाले कस्तो ड्रेस लगाउँछिन्, उपस्थितहरुलाई कसरी अभिवादन गर्छिन् र कुन पाहुनालाई सम्बोधन हेर्न आफ्नो छेउमा आमन्त्रित गर्छिन् भन्नेमा भन्ने अमेरिकीहरुको आम चासो हुन्छ । राष्ट्रपति ट्रम्पको पहिलो यस्तो सम्बोधनमा मेलानिया ट्रम्प मंगलबार राति उपस्थित भइन् । उनी हलमा प्रवेश गर्दा तालीको गडगडाहटले स्वागत गरियो । ‘पाम बीच’बाट भर्खरै […]

फ्रान्स भर्सेज पोर्चुगलः कुन पोजिसनमा को अब्बल ?

काठमाडौं । महादेशीय च्याम्पियन बन्नको लागि आज युरोकपको फाइनलमा आयोजक फ्रान्स र पोर्चुगल आमने सामने हुँदैछन् । यहाँ हामीले आइतबार राति मैदानमा उत्रन लागेको फाइनलिष्ट टोलीको प्रत्येक पोजिसन पोजिसनबारे उल्लेख गर्न लागेका छौं । गोलकिपर पोर्चुगिज गोलरक्षक रुइ प्याट्रिक राम्रो खेलिरहेका छन् । क्वाटरफाइनलमा पोल्याण्डका याकुब ब्लाजिओस्कीको पेनाल्टी रोकेर पोर्चुगललाई सेमिफाइनलमा पुर्‍याएसँगै उनको सक्षमता पुष्टि […]

फ्रान्सलाई हराउने हो भने पोर्चुगलले गर्नु पर्ने पाँच काम

पोर्चुगलले आइतबार दोस्रो युरोपियन च्याम्पियनसिपको फाइनल खेल्दैछ र आयोजक राष्ट्र फ्रान्सको सामना गर्दा क्रिष्टियानो रोनाल्डो र देशलाई उपाधि दिलाउन उनको समना हुनेछ । फ्रान्सको आत्मविश्वास निकै बलियो छ । किनकी हजारौं घरेलु समर्थक हुनेछन् भने क्वार्टरफाइनलमा आइसल्याण्डलाई ५-२ ले हराएको उसले सेमिफाइनलमा विश्व विजेता जर्मनीलाई २-० ले पाखा लगाएको थियो । उसका एन्टोन गि्रजम्यान स्टार […]

मेस्सी चुके, रोनाल्डोलाई मौका

काठमाडाैं । चिरप्रतिद्वन्द्वी लिओनल मेस्सी एकपछि अर्को संकट व्यहोरिरहँदा क्रिष्टियानो रोनाल्डोले सफलता हात पारिरहेका छन् । तर, उनको सपना अझै पूरा हुन बाँकी छ । युरोकपको फाइनलमा पुग्ने वेल्सको सपना चकनाचुर पार्दै रोनाल्डोले पोर्चुगललाई उपाधि नजिक पुर्‍याएका छन् । त्यसको अघिल्लो दिन मात्र बार्सिलोनाको एक अदालतले कर छलीको आरोपमा मेस्सीलाई २१ जेल सजाय र २ […]

भाइकिङ गाथाको दुःखद अन्त्य तर आइसल्याण्डको चमत्कार सँधै अविश्मरणीय रहनेछ

काठमाडौं । आइस पग्लियो, त्यो एकदम भयानकसँग, जस्तो आइस क्युब बार्बेक्यु (आगोको भुग्रो)मा हालेको जस्तै । हेमिर हलग्रिम्सनका हिरोहरु, जसले अन्तिम १६ मा इंग्ल्याण्डलाई लज्जास्पद हार चखाए, सोमबार विहान स्टेड डे फ्रान्समा उनीहरुले बचाउको कुनै मौका नै पाएनन् । यो तथ्य हो कि क्वार्टरफाइलमा आइसल्याण्डले बोल्बियन सिगर्थोसन र बिर्बिर बिआर्नेसनमार्फत आयोजक राष्ट्रविरुद्ध दुई गोल गर्‍यो, […]

रुँदै मैदानबाट बाहिरिए बुफोन, भन्छन्, रुनु पर्ने आफ्नै कारण छ

फ्रान्सको स्टेड डि बोर्डेक्समा जर्मनीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटलीका भेट्रान गोलकिपर तथा टोलीका कप्तान जियानलुइगी बुफोनले आफ्ना समर्थकमाझ भावुक बनेका छन् । मैदान छाड्दै गर्दा उनको आँखामा आँशु देखिएको थियो भने उनले हातले आँखा छोपिरहेका थिए । ३८ बर्षीय स्टार खेलाडीले जोनास हेक्टरको पेनाल्टी रोक्न सकेनन् । उनले बलको दिशा त पहिल्याएका थिए तर, […]

आइसल्याण्डबारे ७ रोचक तथ्य, जुन तपाईंले थाहा पाउनुभएको छैन

हुन त उत्तर युरोपेली मुलुक आइसल्याण्डको नामै पनि विश्वभरका फुटबलप्रेमीले सुनेको सायद धेरै भएको छैन । फुटबलमा त झन् गुमनाम थियो । तर, युरोकप २०१६ मा आइसल्याण्ड एकपछि अर्को सनसनी मच्चाइरहेको छ । सुपरस्टार क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगललाई १-१ को बराबरीमा रोक्दा धेरैले यसलाई ‘भाग्य’तिर लगेर जोडे । रोनाल्डोल स्वयंमले पनिज आइसल्याण्डको खेलशैलीबारे गर्दै भने […]

एउटा स्वर्णिम युगको अन्त्य !

१४ असार, काठमाडौं । स्पेन इटलीसँग हारिहँदा इकार कासियास एक्लै बेञ्चमा बसेर त्यो दुःखद क्षण हेरिरहेका थिए । यो स्पेनका लागि युरोकप २०१६ बाट बाहिरिनु मात्र होइन, एउटा स्वर्णिम युगको अन्त्य समेत हो । जब रेफ्रीले खेल सकिएको संकेत गर्दै सिटी फुटे, कासियास विस्तारै मैदानमा हिडे र इटालियन गोलकिपर बुफोनसँग अंकमाल गरे । चार वर्षको अघिको दृश्य […]

पोर्चुगललाई अन्तिम १६ मा पुर्‍याउँदा पनि किन रोनाल्डो आलोचित ?

काठमाडौं । पोर्चुगलले हंगेरीसँग ३-३ नाटकीय बाराबरी खेल्दै युरोकप २०१६ को नकआउट चरणमा स्थान बनाउँदा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो म्यान अफ द म्याच घोषित भए । पछिल्लो समय लगातार आलोचना खेपिरहेका रोनाल्डोले दुई गोल गरेका थिए भने एक गोलको पास मिलाएका थिए । तर, उनी यो पटक पनि आलोचनामुक्त हुन सकेनन्, कारण खेलपछिको पत्रकार सम्मेलनमा […]

रोनाल्डो रिसाएपछि… (भिडियोसहित)

जारी युरोकपमा पोर्चुगलको प्रदर्शन अहिलेसम्म खराव छ । पोर्चुगिज खेलाडीहरुमा देखिएको निराशा बुधबार सुपरस्टार क्रिष्टियानो रोनाल्डोको अश्वाभाविक व्यबहारले पुष्टि गरेको छ । हंगेरीबिरुद्ध हुने समूहको अन्तिम खेलको तयारीमा रहेको पोर्चुगिज टिम बुधबार बिहान आफु बसेको होटलबाट मर्डिङ वाकका लागि निस्केको थियो । होटल पछाडिको तालको बाटोहुँदै टोली होटल फर्कँदै थियो । उनीहरुलाई थुप्रै समर्थकले पछ्याइरहेका […]

क्रिष्टियानो रोनाल्डोसँग किन गलत भइरहेको छ ?

गोलबिहीनता, निराशा र रिस-फ्रान्समा जारी युरोकपमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको मुड फ्रान्सको मौसमजस्तै छ । चर्को घाम त्यसपछि कतिवेला पानी पर्छ थाहै नहुने । गत शनिबार अष्ट्रियाबिरुद्धको समूहको दोस्रो खेलमा रोनाल्डोले पोर्चुगलका लागि १२८ क्याप जित्दै लुइस फिगोको नाममा रहेको कीर्तिमान आफ्नो नाममा लेखाए । तर, महत्वपूर्ण खेलमा पेनाल्टी अवसर सदुपयोग गर्न नसकेका उनको त्यो […]