Comments Add Comment

ग्यास कालाबजारी गर्ने पक्राऊ

३० जेठ, पोखरा । ग्यास कालाबजारी गर्ने पोखराका एक व्यवसायी पक्राउ परेका छन् । तोकिएको मूल्यभन्दा बढी मूल्य लिएर ग्यास बेच्ने पोखरा १७ महतगौंडाका ४५ वषिर्य ठमराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीले आफ्नो ‘महतगौंडा ग्यास सप्लायर्स’बाट ग्यास तोकिएको मूल्य भन्दा बढी मूल्य लिएर ग्यास बेचिरहेको समयमा रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राऊ परेका भण्डारीको पसलबाट २६ थान गृहलक्ष्मी ग्यासको भरि सिलिण्डर समेत बरामद गरिएको कास्की प्रहरीले बताएको छ ।

भण्डारीलाई कालाबजारी तथा केही सामाजिक अपराध मुद्धामा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनले कालाबजारी गर्ने कसैलाई पनि नछाड्ने चेतावनी समेत दिएका छन् ।

मधेस आन्दोलनका बेला भारतले लगाएको अघोषित नाकाबन्दीपछि अझैपनि पोखरामा ग्यास अभाव कायमै छ । ग्यास अभावको मौका छोपेर ग्यास व्यवसायीहरुले तोकिएको मूल्य भन्दा बढी रकम लिएर ग्यास बेच्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment