Comments Add Comment

प्रधानसेनापति क्षेत्री लेबनानमा

७ असार, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्री शान्ति मिसनका लागि कार्यरत नेपाली सेनाको निरीक्षण भ्रमणका लागि लेबनान पुगेका छन् ।

Rajendra-chhetri
फाइल तस्वीर

सोमबार लेबनान पुगेका प्रधानसेनाति क्षेत्रीले मंगलबार यार्जास्थित लेबनानी सशस्त्र बलका प्रमुख जेन ख्वाजीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक मुख्यालयले जनाएको छ । सोही क्रममा सेनापति क्षेत्रीले शान्ति मिसनमा तैनाथ गोरखदल गणको हेडक्वाटरको पनि निरीक्षण र सम्बोधन गर्ने कार्यक्रम छ ।

साथै बुधबार लेबनानमा गण हेडक्वाटर अन्तर्गत तैनाथ बिभिन्न पोष्टको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको सैनिक मुख्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment