Comments Add Comment

नेपालमा पनि गरियो अम्बेडकरको सम्झना

५ वैशाख, काठमाडौं । डा. भीमराव अम्बेडकरको १२८ औं जयन्ती बिहीबार नेपालमा पनि मनाइएको छ ।

व्यवासायिक विकास तथा अनुसन्धान केन्द्र (पीडीआरसी) र नेपाल दलित साहित्य अकादमीको संयुक्त आयोजनामा काठमाडौंमा अम्बेडकरबारे विमर्श भएको छ ।

कार्यक्रममा पीडीआरसीका अध्यक्ष कमला हेमचुुरीले अम्बेडकर दक्षिण एसियामा दलित समुदायमाथि भएको अत्याचारको विरोधमा आवाज उठाउने एक मात्र व्यक्ति भएको बताइन् । ‘भारत जस्तो वर्णवादले ग्रस्त समाजलाई परिवर्तन गर्नमा अम्बेडकरको अतुलनीय योगदान छ । उनीबाट नेपालका दलित अधिकारकर्मीले पनि शिक्षा लिन आवश्यक छ’ उनले भनिन् ।

अकादमीका अध्यक्ष ठाकुर चन्द्र गहतराजले सिंगो दक्षिण एसियाले अम्बेडकरको अनुशरण गरी दलित आन्दोलनलाई अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले डा. अम्बेडकरको विचारलाई गौतम बुद्ध र कार्लमाक्सको विचारसँग जोडेर विश्लेषण गरे । उनले भने, ‘कार्लमाक्र्स र अम्बेडकरको बिचारमा खासै अन्तर छैन केवल संघर्षको बाटो मात्र फरक हो । अम्बेडकरले अहिंसालाई जोड दिए भने कार्ल मार्क्सले हिंसालाई ।’

डा. भीमराव अम्बेडकर भारतका संविधान निर्माता तथा दलित अधिकारकर्मी हुन् । उनी जीवनपर्यन्त नै दलितहरुको अधिकारको लागि लडेका थिए । जातीय बिभेदको उन्मुलनमा उनको योगदानलाई कदर गर्दै भारत मात्र नभई विश्वभर उनको सम्मान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment