Comments Add Comment

बारामा गाजासहित ४ जना पक्राउ

५ वैशाख, वीरगञ्ज । बाराबाट प्रहरीले अवैध लागूऔषध गाजासहित ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रौतहटको कटहरीया नगरपालिका-१ बस्ने २१ वर्षीय रामबाबु यादव, ४२ वर्षीय नागेन्द्र यादव, २१ वर्षीय करण यादव र बाराको जितपुरसिमरा उपमहानगरपालिका-८ रमौली बस्ने ५५ वर्षीय सत्यनारायणलाई पक्राउ गरेको हो ।

बाराको निजगढ नगरपालिका-८ फाष्ट ट्रयाकमा ना३९प २८६५ नम्वरको मोटरसाइकलमा आउँदै गरेका राम बाबु यादव, पछाडि बस्ने नागेन्द्र यादव र भे२प ४८४२ नम्वरको मोटरसाइकल चालक करणको साथबाट १२ किलो गाजा र नगद ४५ हजार बरामद भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

बरामद गरिएको गाजा, नगद र २ थान मोटरसाइकलसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ ।

वैशाख ४ गते पक्राउ परेका तीनै जना विरुद्ध लागूऔषध मुद्दामा बारा जिल्ला अदालतले पहिलो पटक अनुसन्धानका लागि ४ दिनको म्याद दिएको छ ।

त्यसैगरि बैशाख ४ गते बेलुकी जितपुरसिमरा उपमहानगरपालिक-८ रमौलीस्थित सडकमा पैदल हिड्दै गरेका सत्यनारायण रामलाई प्रहीले एक किलो ५ सय ग्राम गाजासहित पक्रेको हो ।

चेकजाँचका क्रममा रामले प्लाष्टिकको झोलामा लुकाएर गाजा ल्याउँदै गरेको फेला परेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

उनीविरुद्ध पनि लागूऔषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment