Comments Add Comment

फिल्म समीक्षाः कस्तो छ प्रतिक्षित फिल्म कलंक ?

‘कलंक’को ट्रेलर सार्वजनिक भएपछि त्यसले सानोतिनो तरंग पैदा गरेको थियो । वरुण धवन, आलिय भट्ट, माधुरी दीक्षित, आदित्य राय कपूर, सोनाक्षी सिन्हा जस्ता स्टार्स लिएर बनाएको करण जोहरको एक महत्वकांक्षी फिल्म थियो यो । करणका पिता यस जोहरले बर्षौअघि परिकल्पना गरे अनुसार नै यो फिल्मको कथा तयार गरिएको थियो ।

फिल्म निर्देशक थिए, अभिषेक बर्मन जसले जोधा अकबर, माइ नेम इज खान, स्टुडेन्ट अफ द ईयर जस्ता फिल्ममा साहयक निर्देशकको जिम्मेवारी सम्हालेका थिए । ‘टु स्टेट’ पछि उनको दोस्रो निर्देशन थियो, कलंक ।

जसै फिल्म प्रदर्शनमा आयो, ‘हात्ती आयो फुस्स’ झै भयो । फिल्म प्रदर्शन लगत्तै आएको समीक्षाले दर्शकलाई निरास तुल्यायो ।

हुन त यसपाली बलिउडलाई दशा लागेको छ । बहुप्रतिक्षित र बिग बजेटका भनिएका फिल्महरु नराम्ररी चिप्लिएका छन् । आमिर खान, शाहरुख खान जस्ता स्टार्सको समेत केही जोर चलेन । बरु सामान्य ठानिएका, सामान्य कलाकार र सामान्य बजेटमा बनेका फिल्मले अनपेक्षित दर्शकको मन जितेको छ ।

यसबाट के कुरा चाहि स्पष्ट भएको छ भने, स्टार्सले मात्र फिल्म चल्दैन । साथै मल्टीस्टार फिल्मले पनि दर्शक लोभ्याउन सक्दैन । फिल्म स्तरिय छ भने माउथ पब्लिसिटीकै भरमा दर्शक हलमा घुँइचो लाग्छ ।

अब लागौं ‘कलंक’तर्फ ।

कलंक कस्तो छ ?

‘कलंक’ एक यस्ता प्रेमी-प्रमिकाको कथा हो, जसलाई एकसाथ बस्नका लागि नियतीले नै दिएको छैन । यो सन् १९४५ को कालखण्डको कथा हो । देव चौधरी (आदित्य राय कपूर)की पत्नी सत्या चौधरी (सोनाक्षी सिन्हा)लाई क्यान्सरले ग्रस्त बनाएको छ । अब उनीसँग बाँच्ने समयावधी एक बर्ष मात्र छ । धेरैमा दुई बर्ष ।

सत्या सोच्छिन् कि आफ्नो मृत्युपछि देव विक्षिप्त हुनेछन् । त्यसैले उनका लागि अर्की पत्नी खोज्ने निर्णयमा पुग्छिन् । यही खोजीले उनीहरुलाई राजस्थान पुर्‍याउँछ जहाँ रुप -आलिय भट्ट) बस्छिन् । रुप र सत्यको परिवारको धेरै पुरानो नाता सम्बन्ध छ ।

रुप पहिले त सत्यको प्रस्ताव अस्विकार गर्छिन् । यद्यपी उनको रोगबारे थाहा भएपछि देवसँग विवाह गर्न राजी हुन्छिन् । यसमा उनको एक र्शत छ, देवले पहिले उनलाई विवाह गर्नुपर्नेछ र उनी चौधरी परिवारको घरमा प्रवेश गर्नेछिन् । सत्य, देव र देवका पिता बलराज -संजय दत्त) रुपको उक्त सर्त मान्न तयार हुन्छन् ।

देव र रुपको विवाह हुन्छ । उनी विवाह गरेर चौधरी परिवारको घर जान्छन् । सुरुवातमा उनी त्यहाँ एक्लो महसुष गर्छिन् । तर, त्यहाँ बहार बेगम -माधुरी दीक्षित)को आवाज सुनेर उत्सुक हुन्छिन् । उनी आफ्नो एक्लोपन मेटाउनका लागि संगीत सिक्न थाल्छिन् । यद्यपी सुरुमा उनको यो निर्णय परिवारलाई रुचीकर लाग्दैन ।

किनभने बहार बेगम एकातिर वेश्यालय सञ्चालन गर्छिन् । साथै उनी शहरका बदनाम क्षेत्रमा बस्छिन् । यद्यपी रुपलाई बाँकी केही कुरामा परवाह छैन । उनी जिद्दी गर्छिन् । अन्ततः उनलाई संगीत सिक्नका लागि छुट दिइन्छ ।

त्यहा उनले अर्काै पात्र भेट्छन्, चुलबुले जफर (वरुण धवन) । दुबै एकअर्काप्रति आकषिर्त हुन्छन् । जफर अब्दुल (कुणाल खेमू)कहाँ काम गर्छन्, जो साम्प्रदायिक मानसिकताका हुन् । उनी देवको अखबार डेली टाइम्सका बिरुद्ध पनि छन्,जो एक राष्ट्र सिद्धान्तको विचारलाई बढाव दिन्छ र विभाजनको धारणा खारेज गर्छ । साथै उनी बस्ने हीरा मन्डीमा स्टील उद्योग आएकोमा पनि बिरोध गर्छ । किनभने यसले उनको फलामको व्यवसायमा असर गर्छ ।

बाहिरबाट हेर्नेहरुलाई लाग्छ कि जफरले रुपलाई मन पराएका छन् । आखिरमा रुपसँग रोमान्स गर्नुको पछाडि जफरको के नियत छ र त्यसबाट उनले कति भयानक परिणम भुक्तान गर्नुपर्छ । यसपछि के हुन्छ ? जान्नका लागि फिल्म हेर्नुपर्छ ।

कमसल पटकथा

शिबानी बाथिजाको कथा मूर्खतापूर्ण छ । यसैगरी अभिषेक वर्मन पनि पटकथामा चुकेका छन् । हुसैन दलालको संवाद केही ठाउँमा गजब छ । तर, कतिपय दृश्यमा भने धेरै नाटकिय लाग्छ ।

अभिषेक पहिलो फिल्म ‘टु स्टेट’मा निकै नियन्त्रणमा थिए । तर, यसपाली उनी चिप्लिएका छन् । उनको निर्देशक उच्च स्तरको छैन, जति अपेक्षा गरिएको थियो । हुन त स्त्रिmप्ट नै कमसल परेपछि उनको के जोर चल्थ्यो र ?

यद्यपी फिल्मको क्लाइमेक्स भने आकर्षक छ । यस क्रममा फिल्मको दृश्यलाई भव्य बनाउन हरसंभव प्रयास गरिएको छ ।

भद्दा फिल्म

फिल्मको कथामा नयाँपन छैन । कतिपय पुरानै फिल्मको मिश्रण देखिन्छ । सबैभन्दा ठूलो समस्या के भने, यसका घटनाक्रमबारे दर्शकले पहिले नै अनुमान गर्न सक्छन् । सुरुवातमै दर्शक यसकारण आश्चर्यमा पर्छन् कि, सत्य एक दुलहीको खोजीमा किन राजपुताना नै पुगिन् ? अर्को हासोलाग्दो कुरा के भने जफरले कहिले पनि देव चौधरीको अनुहार देखेका छैनन्, जबकी देव त्यस क्षेत्रका एक प्रमूख व्यक्ति हुन् । फिल्ममा यस्ता कमजोरी कैयौं छन् ।

फिल्म धेरै लामो र भद्दा लाग्छ । कतिपय दृश्यहरु बेकारका छन् ।

अभिनयले धानेको

वरुण धवन, आलिय भट्ट आदिको अभिनय भने चित्तबुझ्दो छ । उनीहरुले आफ्नो भूमिकालाई जतिसक्दो राम्रो बनाउने प्रयास गरेका छन् । आदित्य राय कपूर निरास लाग्छ । हुन त उनको भूमिका पनि त्यस्तै छ । सोनाक्षीको भूमिका राम्रो छ । तर, उनको भूमिकाले उनैको फिल्म ‘लुटेरा’ -२०१३)को सेकेन्ड हाफको दृश्य सम्झाउँछ । माधुरीले निकै राम्रो प्रस्तुती दिएकी छिन् । बिनोद प्रधानको सिनेम्याटोग्राफी मनोरम छ । यसमा ठूलो पर्दाको अपिल छ ।

समग्रमा ‘कलंक’ एक यस्तो फिल्म हो, जो बाहिरबाट हेर्दा राम्रो देखिन्छ । तर, यसमा आत्मा छैन । यसको खास कारण हो, लेखन । आवश्यक्ताभन्दा बढी लम्बाई र संगीत । स्रोतः एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment