+
+
Shares

भारतीय फिल्म र टिभीका दिग्गज सतीश शाहको निधन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १०:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता सतीश शाहको ७४ वर्षको उमेरमा हिन्दुजा अस्पतालमा शनिबार निधन भएको छ।
  • उनको दाहसंस्कार आइतबार बिहान ११ बजे गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
  • प्रधानमन्त्री नरेन्द्र मोदीले शाहको निधनमा शोक व्यक्त गर्दै उनलाई भारतीय मनोरञ्जनको दिग्गज भनेका छन्।

मुम्बई । बलिउड अभिनेता सतीश शाहको शनिबार हिन्दुजा अस्पतालमा निधन भएको छ । उनी ७४ वर्षका थिए ।

उनको दाहसंस्कार आइतबार बिहान ११ बजे गरिने भएको छ । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए । हालसालै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

शाहले टिभी कार्यक्रम ‘साराभाई भर्सेस साराभाई’बाट प्रसिद्धि हासिल गरे । उनले ‘मैं हूँ ना’ (२००४), ‘कल हो ना हो’ (२००३), ‘फना’ (२००६), र ‘ओम शान्ति ओम’ (२००७) लगायत धेरै लोकप्रिय फिल्ममा पनि देखिएका थिए ।

सन् २००८ मा, उनले अर्चना पुरण सिंहसँग टिभी कार्यक्रम ‘कमेडी सर्कस’मा न्यायाधीशको रूपमा काम गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शाहको निधनमा शोक व्यक्त गर्दै ट्वीट गरेका छन् । मोदीले लेखेका छन्, ‘सतीश शाह जीको निधनले अत्यन्तै दुःखी छु । उनलाई भारतीय मनोरञ्जनको एक वास्तविक दिग्गजको रूपमा सधैं सम्झिइनेछ । उनको सहज हास्य प्रतिभा र अविस्मरणीय प्रदर्शनले अनगिन्ती जीवनमा मुस्कान ल्यायो । उनको परिवार र प्रशंसकप्रति समवेदना ।’

उनको पार्थिव शरीर अस्पतालमै राखिएको छ । अन्तिम संस्कार आज आइतबार बिहान ११ बजे गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?