News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री कट्रिना कैफका निजी तस्वीर अनुमति बिना खिचिएर सामाजिक सञ्जालमा भाइरल भएपछि बलिउडमा गोपनीयता उल्लङ्घनको बहस सुरु भएको छ।
- सोनाक्षी सिन्हाले मिडिया पोर्टलमाथि आक्रोश पोख्दै भनिन्, 'तिमीहरूलाई के भएको छ ? आफ्नै घरमा महिलाको अनुमति बिना तस्वीर खिच्नु र सार्वजनिक गर्नु ?'
- अभिनेत्री आलिया भट्टको निजी तस्वीर खिचिएपछि उनले मुम्बई प्रहरीलाई कारबाहीको लागि ट्याग गरेकी थिइन्।
मुम्बई । गर्भवती हुँदा फ्ल्याटको बाल्कोनीमा खिचिएका अभिनेत्री कट्रिना कैफका निजी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि बलिउडमा बहसको नयाँ विषय बनेको छ ।
यी तस्वीर उनको अनुमति बिना खिचिएका थिए र उनको ‘बेबी बम्प’ स्पष्ट रूपमा देखिन्छ । कट्रिना सधैं व्यक्तिगत जीवनलाई लिएर सतर्क देखिन्छिन् तर, निजी जीवनका फोटो सार्वजनिक भएपछि उनी दुःखित छिन् ।
प्रशंसक र बलिउडका अन्य कलाकार पनि यो फोटो भाइरल बनेपछि आक्रोशित देखिन्छन् । मिडिया आउटलेट र फोटोग्राफरप्रति आफ्नो उनीहरू क्रुद्द देखिन्छन् ।
प्रशंसकले यसलाई ‘गोपनीयता उल्लङ्घन’ र ‘आपराधिक कार्य’ भएको बताएका छन् । सेलिब्रेटी सामान्य मानिसजस्तै जीवन बिताउन चाहन्छन्, र उनीहरूको गोपनीयताको सम्मान गरिनुपर्छ भन्दै प्रशंसकले कार्वाहीको लागि प्रहरीलाई आग्रह गरेका छन् ।
अभिनेत्री सोनाक्षी सिन्हाले मिडिया पोर्टलमाथि आक्रोश पोखिन् । उनले आलोचना गर्दै भनिन्, ‘तिमीहरूलाई के भएको छ ? आफ्नै घरमा महिलाको अनुमति बिना तस्वीर खिच्नु र सार्वजनिक गर्नु ? तिमी अपराधीभन्दा कम छैनौ, लज्जास्पद !’’
सोनाक्षीको जवाफ इन्टरनेटमा हजारौं लाइक र समर्थनका साथ भाइरल भयो, जसले गोपनीयताको बहसलाई थप चर्काइदियो ।
यस्तो घटना भएको यो पहिलो पटक होइन । हालै, अभिनेत्री आलिया भट्टको घर बाहिर उनको निजी तस्वीर खिचिएको थियो र प्रसारित गरिएको थियो । त्यसपछि आलियाले मुम्बई प्रहरीलाई ट्याग गर्दै कारबाहीको लागि माग गरेकी थिइन् ।
प्रतिक्रिया 4