Comments Add Comment

पोखरामा बम डिस्पोज गर्ने क्रममा विस्फोट, सैनिक अमलदार घाइते

Photo Credit : रासस । बम डिस्पोजका क्रममा विस्फोट हुँदा घाइते सैनिक अमलदारलाई एम्बुलेन्समा राख्दै उद्धारकर्ता ।

५ वैशाख, पोखरा । बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा एकजना सैनिक घाइते भएका छन् ।

पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् ।

पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो । त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत थापा घाइते भएका हुन् ।

थापाको हातका औंलामा क्षति पुगेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । प्रवक्ता गुरुङका अनुसार घाइते थापाको अहिले फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहले आहृवान गरेको नेपाल बन्दका बेला पोखराका विभिन्न ठाउँम शंकास्पद वस्तु फेला परिरहेका छन् । पोखरा २९ लेखनाथ घोतघोतेमा शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।

पोखरा ५ जिरो किमीमा समेत शंकास्पद वस्तु फेला परेको थियो । तर, प्रहरीले उक्त बस्तु बम नभएको पुष्टि गरिसकेको छ । पोखरा ९ न्यूरोड ट्रेड मल पछाडिसमेत शंकास्पद बस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ ।

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले गरेको नेपाल बन्दको प्रभाव पोखरामा देखिएको छ । निजी सवारीसाधन फाटफुट चलेपनि नजिक तथा टाढा चल्ने कुनैपनि सार्वजनिक बसहरु चलेका छैनन् । शैक्षिक संस्थाहरुसमेत पूर्ण रुपमा प्रभावित बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment