Comments Add Comment

मिस नेपाल २०१९ का २५ प्रतिस्पर्धीले देखाए प्रतिभा

५ वैशाख, काठमाडौं । ‘मिस नेपाल २०१९’ अन्तरगतको ‘मिस नेपाल ट्यालेन्ट शो २०१९’ बिहीार सम्पन्न भएको छ । काठमाडौंमा रहेको रसियन कल्चरमा आयोजना भएको उक्त कार्यक्रममा २५ प्रतिस्पर्धीले प्रतिभा देखाएका थिए ।

मिस नेपाल २०१९ को अडिसन राउन्डबाट छानिएका फाइनल २५ प्रतिस्पर्धीहरुले ट्यालेन्ट शोमा नृत्य, गायन, कविता वाचन, स्केच, ड्रामालगायतका आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

आज भएको प्रतिष्पर्धाको निर्णायकहरुमा रेडियो नेपालमा गायक, गीतकार तथा संगीतकार टीका भण्डारी, काठमाडौं जेससमा अध्यक्ष भुवन श्रेष्ठ, भिजे सम्झना राजभण्डारी, नृत्य निर्देशक केशव थापा, भिडियोग्राफर प्रनव जोशी थिए ।

यस प्रतिस्पर्धाको नतिजा भने फिनालेमा सार्वजनिक गरिने दि हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर कक्षपतिले बताए । मिस नेपालको फिनाले भने मे ९ तारिखमा हुनेछ ।
आज भएको ट्यालेन्ट शो कार्यक्रमा पूर्व मिस नेपालहरु पनि नयाँ प्रतिस्पर्धीको हौसला बढाउन आएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment