Comments Add Comment

नेपाल पुलिसले सुदूरपश्चिमलाई हरायो

५ वैशख, बुटवल । आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत फटुबल खेलमा बिहीबार विभागिय टिम नेपाल पुलिसले जित निकालेको छ ।

पुलिसले सुदुरपश्चिमलाई ३–० ले पराजित गरेको हो । देवीनगरस्थित एन्फा एकेडेमी खेल मैदानमा भएको रोमाञ्चक खेलमा पुलिसको जितमा भरत शाह र रवि पासवानले गोल गरेका थिए ।

खेलको २५ औ मिनेटमा सुदूरपश्चिम प्रदेशका गोलकिपर टिकेन्द्र थापाले डिबक्सबाहिर आएर बल हातले क्लियर गरेपछि रातो कार्ड पाए । उनको ठाउँमा अर्का गोलकिपर अमानत शेख मैदान प्रवेश गरे भने जिवन चौधरी मैदान छोडे ।

यो संगै सुदुरपश्चिम १० खेलाडीमा सीमित भयो । खेलको ३६ औं मिनेटमा पुलिसका भरत शाहले गोल गर्दै खाता खोले । डि बक्स बाहिर पाएको फ्रिकिकलाई पुलिसका सुमन लामाले गरेको प्रहार आकासिएको थियो ।

खेलको २७ औ मिनेटमा सुदूरपश्चिमाञ्चलका जीवन देउवाले डिबक्स बाहिर ह्याण्ड गरेपछि पाएको फ्रिकिक रवि पासवानको प्रहारसमेत बाहिरियो । पुलिसले पहिलो हाफमा पाएको आधा दर्जन बढी अवसर गोल हुनबाट चुकेको थियो । पहिलो हाफ १ गोल खाएको सुदुरपश्चिमाञ्चल दोस्रो हाफमा थप दुई गोल खाएको थियो ।

खेलको ६० औ मिनेटमा रबि पासवानले डिबक्स बाहिरबाट गरेको प्रहार जाली चुमेको थियो । खेलको अन्तिम समयमा पुलिसका डिफेन्डर सन्तोष हेमरुनले थप गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment