Comments Add Comment

बेलायती प्रधानमन्त्री क्यामरनद्वारा राजीनामाको घोषणा

David-Cameron

१० असार, काठमाडौं । ऐतिहासिक जनमत संग्रहमपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरनले राजीनामाको घोषणा गरेका छन् ।

बि्रटेन ईयुबाट बाहिरिने पक्षमा बुहमत आएपछि क्यामरनले अक्टोबरमा पद छाड्ने घोषणा गरेका हुन् । उनी २०१० देखि प्रधानमन्त्री थिए र २०१५ मा दोस्रो कार्यकालका लागि चुनिएका थिए ।

क्यामरनले नै २०१५ को आम चुनावका क्रममा आफू प्रधानमन्त्री भए जनमत संग्रह गर्ने घोषणा गरेका थिए र उनी ब्रिटेन ईयूमा रहनु पर्ने पक्षमा उभिएका थिए ।

जनमत संग्रहको औपचारिक परिणाम घोषणापछि क्यामरनले परिणामलाई स्वीकार गर्ने बताए । उनले प्रधानमन्त्रीका रुपमा ६ वर्ष देशको सेवा गर्न पाएको गर्व रहेको बताए ।

तर, ब्रिटेन ईयूबाट बाहिरिने भएपछि ‘जहाजको क्याप्टेन’ भइरहनु उपयुक्त नहुने उनले बताए ।  ब्रिटेन युरोपीय युनियनमा रहँदा नै सुरक्षित र राम्रो हुनेमा आफू प्रष्ट रहेको भन्दै उनले भने, ‘तर, बि्रटेनका जनताले अर्को बाटोका लागि प्रष्ट निर्णय लिएका छन् । र, मलाई लाग्यो देशलाई यो बाटोमा हिँडाउन नयाँ नेतृत्व चाहिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment