Comments Add Comment

स्थानीय निकायको निर्वाचन प्राथमिकतामाः मन्त्री रावल

१० असार, चितवन । उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले सरकारले पहिलो प्राथमिकतामा स्थानीय निकायको निर्वाचनलाई राखेको कारण कानुन निर्माणको प्रकृया अगाडि बढाइएको बताएका छन् ।

Bhim-Rawalनेपाल चेपाङ संघको चौथो राष्ट्रिय महाधिवेशनको शुक्रबार चितवनको नारायणगढमा उदघाटन गर्दै रावलले भने, ‘स्थानीय निकायको निर्वाचन हुन्छ, कानुन बनिरहेको छ ।’

नेपालले सबै क्षेत्रमा समावेशीतालाई अंगिकार गरेको उल्लेख गर्दै उनले विश्वमा नेपालले मात्र सेना र गुप्तचर संस्थामा समेत समावेशी प्रतिनिधित्व गराएको बताए । तराई, पहाड हिमाल सबै क्षेत्रमा बस्ने नेपालीहरुमा एकताको भावना हुनुपर्नेमा जोड दिँदै उनले कुनै जाति वर्ग लिंग र समुदायका मानिसहरुप्रति सरकारले भेदभाव नगरेको दाबी गरे ।

पहाडमा बसे पनि मधेसमा बसे पनि सबै नेपाली भएकाले सबैको भावनाका साथ अगाडि बढेमा मात्र देशले निकास पाउने रावलले धारणा राखे ।

केरुङ-ठोरी द्रुत मार्ग, फाष्ट ट्रयाक, लुम्बिनी-पोखरा-काठमाडौं द्रुतमार्ग चाँडै नै निर्माण सम्पन्न गर्नका लागि योजना बनाउने काम भइरहेको रक्षा मन्त्री रावलले जानकारी दिए ।
सदन र सडक अवरुद्ध गरेर मुलुकको विकास हुन नसक्ने भन्दै रावलले सबै राजनीतिक दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने खाँचो औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment