Comments Add Comment

संसद बैठक दुई बजेलाई सारियो

BICC-Nepal१५ असार, काठमाडौं । व्यवस्थापिका संसदको बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको छ ।

सदनको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग छलफल जारी रहेकाले संसद बैठक पनि पछि सारिएको हो ।  यसअघि आज बिहान ११ बजे बैठक बस्ने तय भएको थियो ।

भूकम्प पीडितहरुले पर्याप्त अनुदान रकम नपाएको, पीडितहरुको तथ्यांक संकलनमा राजनीतिकरण गरिएको लगायतका आरोप लगाउँदै कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

कांग्रेसका माग सम्बोधनका लागि सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरु सम्मिलित कार्यदल पनि गरिएको छ । आज बिहानैदेखि कार्यदलस्तरमा सहमतिको प्रयास जारी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment