Comments Add Comment

बायोग्यास उत्पादनका लागि मेसिन ल्याइँदै

fohorbata-bijuli
१७ असार, काठमाडौं। फोहोरको उचित व्यस्थापन गर्र्नका लागि बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले भारतबाट मेसिन ल्याउने काम भइरहेको छ ।

काठमाडौँ महानगरपालिअन्तर्गत वातावरण व्यवस्थापन महाशाखा प्रमुख रबिनमान श्रेष्ठकाअनुसार बायोग्यास उत्पादनका लागि सबै मेसिन भारतबाट ल्याउनुपर्छ ।

मेसिन ल्याउने काम सुरु भएको छ, मेसिन दश दिनमा आइपुग्ने अनुमान गरिएको छ । मेसिन ल्याएपछि फिटिङ गर्न अर्को १५ दिनको समय लाग्छ त्यसपछि काम सुरु हुन्छ । ढिलो हुँदा पनि साउनको अन्तिम साताबाट बायोग्यास निकाल्ने काम सुरु हुन्छ ।

प्रमुख श्रेष्ठले कामपाको वडा नं २१, १२, १९ र २० मा संकलन गरी छुट्याएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीनसय टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकाल्ने तयारी  रहेको बताए ।

बायोग्यास प्लान्ट राख्न युरोपियन युनियनको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको बताइएको छ । यो पहिलोे नमुना परियोजना हो । यो योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ ।

फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न लागिएको होे । दिगोरूपमा फोहरमैला व्यवस्थापनका लागि पनि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ ।

कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment