Comments Add Comment

रोनाल्डोले तालमा फालेको ‘बुम माइक’ भेटियो

CMTV

पोर्चुगलको टेलिभिजन स्टेसन सिएम टिभीले १० दिनअघि सुपरस्टार क्रिष्टियानो रोनाल्डोले रिसाएर पानीमा फालिदिएको बुम माइक सनसनीपूर्ण तरिकाबाट तालबाट निकालेको छ ।

युरोकप १०१६ को समूहको अन्तिम खेलमा पोर्चुगलले हंगेरीसँग ३-३ गोलको बराबरी खेलेको दिन बिहान सिएम टिभीका रिपोर्टरले रोनाल्डोसँग प्रश्न गर्दा रिपोर्टरको हातबाट बुम खोसेर उनले नजिकैको तलाउमा फालिदिएका थिए ।

राम्रो खेल्न नसकेकोमा आलोचित उनी त्यतिबेला चिन्तित थिए । त्यसपछि टेलिभिजनले रोनाल्डोको खुवै आलोचना गरेको थियो ।

उनी समूहको पहिलो खेलमा आइसल्याण्डबिरुद्ध कमजोर देखिएका थिए भने अष्ट्रियाबिरुद्ध पाउको पेनाल्टी अवसरपनि सदुपयोग गर्न नसकेपछि आलोचित बनेका थिए ।

Ronaldo

तर, बुम माइक फालेको दिन उनको दुई गोलको सहयोगमा हंगेरीसँग ३-३ को बराबरी खेल्दै पोर्चुगल नकआउट चरणमा छनौट भएको थियो ।

रोनाल्डोले यस टेलिभिजनमाथि आफ्नो गोपनियता भंग गरेको आरोपमा मुद्धा जितेका थिए । त्यपछि सन् २०१४ यता उनले त्यस टिभीलाई बहिस्कार गर्दै आएका छन् ।

घटना भएको एक सातापछि  सिएम टीभीले लियोनस्थित उत्त पोखरीमा गोताखोर पठाएको छ र, उसले पोखरीको पिधमा रहेको माइक्रो फोन निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment