जर्मन फुटबल बास्टियन स्वाइन्सटाइगरले युरोकप २०१६ मा फ्रान्सविरुद्धको सेमिफाइनल गुमाउने भएका छन् ।
म्यानचेष्टर युनाइटेडका मिडफिल्डर समेत रहेका उनको इटलीबिरुद्धको खेलमा घुँडाको लिगामेन्टमा असर परेको छ । जुन खेलमा उनी सामी खेडिराको स्थानमा सब्सिच्युड खेलाडीको रुपमा मैदान छिरेका थिए ।
जर्मन प्रशिक्षक जोचिम लो स्वाइन्सटाइगरका लागि जोखिम मोल्न चाहदैनन् । जसले इटलीबिरुद्धको खेलमा पेनाल्टी प्रहार मिस गरेका थिए ।
उनले भनेका छन् कि बास्टियन सामान्य चोटग्रस्त छन् । ‘म अपेक्षा गर्छु कि उनी फिट हुनेछन् तर एउटा कुरा के स्पष्ट पार्न चाहन्छु भने शतप्रतिशत फिट नभइकर म कुनै खेलाडीलाई मैदामनमा उतार््दिन ।’ लो ले भने, ‘मैले यस्तो कमजोरी पहिलेपनि गरिसकेको छु र यसलाई दोहोर्याउन चाहन्न ।’
स्वाइन्सटाइगर यो बर्षको अधिकांश समय चोटग्रस्त छन् । जर्मन कप्तान उनी बार्यन म्युनिखबाट पनि यो सिजन थोरै खेलमा मात्र मैदानमा उत्रिएका थिए ।
हृयामस्टि्रङको चोटका कारण जर्मनीले यसअघि मारियो गोमेजलाई गुमाइसकेको छ भने दुई पहेँलो कार्ड ब्यहोरेका म्याट हृयुमल्सपनि फ्रान्सबिरुद्धको सेमिफाइनलमा खेल्न पाउनेछैनन् ।
प्रशिक्षक लो ले भने कि ‘यस महत्वपूर्ण चरणमा मूख्य खेलाडीको अनुपस्थितिले ठूलो झड्का दिएको छ ।’
फ्रान्सका स्ट्राइकर ओलिभर जिरोर्डले आलोचकहरुलाई जवाफ दिँदै जर्मनीलाई घरमा हराउने प्रतिबद्धता ब्यक्त गरिसकेका छन् ।
प्रतिक्रिया 4