२२ असार, नुवाकोट । नुवाकोटको तारुका गाउँ विकास समितिमा एक व्यक्तिले ल्याएको ५० बण्डल जस्ता दुई घण्टादेखि तारुकाघाटमा रोकिएको छ ।
नेकपा एमालेसम्वद्ध एक व्यक्तिले ढुवानी गरी ल्याएको जस्तापाता गाउँलेहरुलाई वितरण गर्न लागेको थिए । तर, जस्ता कुन संस्थामार्फत् ल्याइएको हो भन्ने नखुलेकोल भन्दै कांग्रेसले रोकेको हो ।
कांग्रेस तारुका इकाई सभापति हरि श्रेष्ठका अनुसार कुनै एनजिओमार्फत् गाउँ भित्र्याइएको ५० बण्डल जस्ता राजनीतिक आस्थाका आधारमा एमाले निकट व्यक्तिहरुलाई वितरण गर्न लागेको जानकारी पछि रोकिएको हो ।
अहिले स्थानीय स्तरमा छानविन भइरहेको छ । त्यसक्रममा स्थानीय दैवी प्रकोप उद्धार समितिसँग स्विकृत नलिएको र जिल्ला दैवी प्रकोप उद्धार समितिसँग पनि समन्वय नभइको पाइएको छ ।
जस्ता विवादमा परेपछि तारुककै एक व्यक्तिले आफुले नै ५० बण्डल जस्ता खरिद गरेर ल्याएको बताउँदै आएका छन् । कांग्रेस इकाई सभापति हरि श्रेष्ठले भने उनले जस्ता खरिद गरेको भ्याट बिल देखाउनु पर्ने दाबी गरे ।
प्रतिक्रिया 4