Comments Add Comment

फोन नउठाएको भन्दै कार्यकर्ताले नेतालाई बुझाए आफ्नो मोबाइल

२३ असार, कालिकोट । आफूहरुले सम्पर्क गर्न खोज्दा फोन नउँठाएको भन्दै कालिकोटका माओवादी कार्यकर्ताले आफूले प्रयोग गर्ने गरेको मोवाइल सांसदलाई दिएका छन् ।

phoneकालिकोटबाट प्रत्यक्ष निर्वाचित माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीलाई कार्यकर्ताहरुले  आफूहरुले चलाउने मोवाइल बुझाएका हुन् । जिल्लाका समस्याबारे कुरा गर्न फोन गर्दा सांसदले नउठाएकोमा उनीहरु आक्रोशित भएका हुन् ।

सांसद शाहीलाई आफ्नो फोन बुझाउनेमा अखिल (क्रान्तिकारी) कालिकोट जिल्ला अध्यक्ष प्रमानन्द आचार्य, योङ्ग कम्युनिष्ट लिंगका जिल्ला अध्यक्ष गणेश शाही र बिद्यार्थी नेता बिरेन्द्र आचार्य लगाएत केन्द्र निकट विद्यार्थीका १२ जिल्ला सदस्य रहेका छन् ।

निर्वाचित भएर गएपछि सांसदहरुले  नेता तथा कार्यक्रताहरुलाई भुल्दै गएको,  जनतासँगको सम्बन्धलाई सुधार नगरेकाले , जिल्लाको विकास निर्माणमा चासो नदिएको, जनताको समस्या समाधान गर्न अनुरोध गर्दै फोन गर्दा नउठाएको भन्दै मोवाइल फोन दिएर सांकेतिकरुपमा विरोध जनाएका नेता बिरेन्द्र आचार्यले बताए ।

‘सभासद् भएर गएपछि नेता तथा कार्यक्रताले जनतासँगको सम्बन्धलाई बिसर्दै गएका कारणले मोबाइल बुझाएर सांकेतिक सुझाव दिएका हौं ।’ उनले भने,-‘यसले नेता तथा कार्यक्रता र जनतासँग सम्बन्ध राम्रो बनाउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment