+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फ्रान्सको घाउमाथि नुन छर्कने जर्मन प्रशिक्षकको प्रयास

लोले भने, फ्रान्सले बलियो टोलीको सामना नै गरेको छैन

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २३ गते १२:१६

Joachim-Low

युरो २०१६ को सेमिफाइनल खेलअघि जर्मन प्रशिक्षक जोचिम लोले प्रतिद्धन्दी घरेलु टोली फ्रान्समाथि मनोबैज्ञानिक दबाव दिन थालेका छन् । र, उनले भनेका छन्, ‘फ्रान्सले प्रतियोगितामा अहिलेसम्म बलियो टोलीको सामना नै गरेको छैन ।’

जर्मनी नै जारी युरोमा फ्रान्सले सामना गर्न लागेको सबैभन्दा बलियो टोली भएको जर्मन म्यानेजर लो ले प्रतिक्रिया दिए ।

उनको यो अभिव्यक्तिलाई घरेलु टोलीबिरुद्ध मनोबैज्ञानिक दबाव कायम राख्ने र आलोचनाले बनाएको घाउमाथि नुन छर्कने प्रयासका रुपमा हेरिएको छ ।

किनकि आलोचकहरुले भन्ने गरेका छन् कि फ्रान्सको जारी युरोमा सेािफाइनलसम्मको यात्रा बाई पाएर भएको हो । हुन पनि डिडिएर डेसच्याम्पको टोली आलोचकहरुबाट आलोचित हुनुको एकमात्र कारण यो छ कि उसले ठूला टोलीबिरुद्ध प्रतिस्पर्धा गरेको छैन ।

समूह चरण्का अल्बानिया, रोमानिया र स्वीट्जरल्याण्ड तथा नकआउट चरणमा फ्रान्सले आयरल्याण्ड र आइसल्याण्डसँग प्रतिस्पर्धा गरेको छ ।

लो ले पनि उनै आलोचकहरुलाई साथ दिँदै मार्सेलीमा भएको खेलअघिको पत्रकार सम्मेलनमा भने, ‘फ्रान्सले जारी प्रतियोगितामा अहिलेसम्म सामना गरेकोमध्ये सबैभन्दा बलियो टोली हामी हौं । मेरो बिचारमा उसले अहिलेसम्म बलियो टोलीको सामना गरेको छैन ।’

अर्को आश्चर्यजनक कुरा के भने प्रशिक्षक लो ले विश्व विजेता जर्मनी जितको दावेदार नरहेको पनि प्रष्ट पारेका छन् । उनले भने, ‘मलाई लाग्दैन हामी उत्कृष्ट छौं, हामी टोलीको बिरुद्धमा मात्र खेलेका छैनौं, पूरै मुलुकको बिरुद्धमा खेल्दैछौं ।’

‘आइसल्याण्डबिरुद्धको जितपनि उनीहरु निक्कै आत्मविश्वासी देखिएका छन् । त्यो जित उनीहरुको टोलीको मात्र होइन समग्र मुलुककै जित हो’  लो ले भनेका छन्, ‘खेलअघि को दावेदार भनेर तर्क गर्नुको कुनै तुक हुँदैन, तर्का यो हुन्छ कि जसले गल्ती कम गर्छ । अवसरहरु धेरै सृजना गर्छ त्यो नै दाावेदार हुन्छ ।’

दुई बर्षअघि जर्मन टोलीले फाइनलमा अर्जेन्टिनालाई हराएर उपाधि जित्नु अघि सेमिफाइनलमा ब्राजिललाई ७-१ क्ो स्तब्धपूर्ण हार चखाएको थियो ।

धेरै ब्राजिलीहरु अहिलेपनि त्यो हार सम्झँदा विक्षिप्त हुन्छन् । तर, लो ले दाबी गरेका छन् कि बेलो होरिजोन्टेमा त्यस रात आफ्ना खेलाडीको गठबन्धन बलियो थियो । मार्सेलिएमा त्यस्तो नतिजा दोहोरिने सम्भावना निक्कै थोरै हुन्छ ।’

उनले भने, त्यो खेलबाट हामीले खासै केहि प्राप्त गर्न सक्दैनौं, मलाई लाग्दैन यहाँ ब्राजिलकै घटना दोहोरिनेछ । ब्राजिलीहरु केहि मिनेटभित्रै तीन गोल खान पुगेपछि निराश बनेका थिए । तर, फ्रान्सको रक्षापंक्ति निक्कै उत्कृष्ट छ ।’

जर्मन टोलीबाट प्रतियोगितामा दुई पहेँलो कार्ड पाएपछि एक खेलको प्रतिबन्धमा परेका डिफेण्डर म्याट हृयुमल्स र चोटग्रस्त दुई स्ट्राइकरहरु मारियो गोमेज र सामी खेडिराको अनुपस्थिति फ्रान्सबिरुद्ध खड्किन सक्छ ।

यता ६७ हजार दर्शक क्षमता भएको भेलोड्रोमको रंगशालामा १६ हजारमात्रै जर्मन समर्थक हुनेछन् । यो पनि जर्मनका लागि चुनौति हुनसक्छ ।

जर्मन मिडफिल्डर टोनी क्रुजले भनेका छन् ‘त्यहाँ फ्रान्सको लागि उत्साह पक्कै हुनेछ तर उनीहरुमा पनि दवाव उत्तिकै रहनेछ र हामी त्यसैको उपयोग गर्दै उनीहरुबिरुद्ध सफल हुन सक्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?