Comments Add Comment

एक वर्षमा जुम्लाबाट हजार युवा विदेशिए

TIA-11
फाइल फोटो

२५ असार, जुम्ला । चालु आर्थिक वर्ष २०७२/०७३ मा हिमाली जिल्ला जुम्लाबाट विदेशिने युवाको सङ्ख्या एक हजार ३८ पुगेको छ ।

रोजगारीका लागि युवा विदेशिने क्रम तीव्र रुपमा बढिरहेको छ । यो क्रम वर्षपिच्छे बढ्ने गरेको पाइएको छ । यस वर्षमा मात्र जिल्लाबाट विदेश जानका लागि राहदानी लिनेको सङ्ख्या २४७ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा कविदत्त न्यौपानेले जानकारी दिए ।

द्रुत सेवा लिने ५९१ जना पुगेको नायब सुब्बा न्यौपानेले बताए ।  गाउँमा रोजगारीका कुनै आधार नभएको र विदेश जानुको विकल्प नरहेको कारण देखाउँदै युवाले राहदानी लिने गरेको उनको भनाइ छ ।

उनले भने , “दु्रत सेवाबाट राहदानी लिने प्रतिव्यक्तिले  १० हजार राजस्व तिर्छन् भने जिल्लाबाट यो लिनेले रु पाँच हजार राजस्व तिर्छन् । जिल्लादेखि राहदानी लिनेबाट यो वर्ष रु १२ लाख ३८ हजार तथा द्रुत सेवा लिनेबाट रु ५९ लाख १० हजार राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

त्यसैगरी, यस वर्ष ३९ महिलाले राहदानी लिएका छन् । जिल्लाबाट राहदानी लिने महिलाको सङ्ख्या १७ र द्रुत सेवा लिनेको सङ्ख्या २२ जना रहेको जनाइएको छ ।

राज्यले युवालाई रोजगारीको सही व्यवस्थापन नगरेकाले रहरले नभई बाध्यताले बाहिरिनु परेको चन्दननाथ–८ का स्थानीय गोरख थापाले जानकारी दिए ।  “नेपालमा न कुनै काम छ, काम गरे अनुसार न सहि दाम छ,” उहाँले भन्नुभयो । सरकार तथा राज्यको कमजोरीका कारण हिमाली जिल्लाका अधिकांश युवा अहिले पनि खाडीमुलुकको प्रचण्ड गर्मीमा पसिना बगाउनु परेको उनले दुखेसो पोखे ।

रोजगारका लागि साउदीमा गएका ताम्ती–७ बम्तडी जुम्लाका राजेन्द्र विक्रम शाहीले ५५ डिग्री सेन्टिग्रेडमा नेपाली युवाले काम गरिरहेको बताए । साउदी गएको मात्र दुई महिना भएको बताउने शाहीले हरेक नेपालीले कठिनपूर्ण जीवन बिताइरहेको पीडा व्यक्त गरे ।

यता रोजगारीका लागि कतार जानुभएका हाँकु गाविस जुम्लाका नन्दप्रसाद पाण्डेले धेरै नेपालीले नारकीय जीवन बिताइरहेको जनाए । उनका अनुसार कामका लागि मात्र विदेशी भूमिमा श्रम पसिना खेर फालिएको हो । सरकारले सही व्यवस्थापन गरे स्वदेश तत्कालै फर्कने अपेक्षा रहेको उनकाे भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment