Comments Add Comment

भक्तपुरमा अवैध स्वास्थ्य संस्था छ्याप्छ्याप्ती

२८ असार, भक्तपुर । जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन तथा कारबाही गर्न नसकेपछि यहाँका चोक तथा गल्लीमा अवैध स्वास्थ्य संस्था छ्याप्छ्याप्ती सञ्चालनमा आएका छन् ।

Bhaktapur-Mapअनुगमन र कारबाही पनि नहुने भएपछि जिल्लाका मुख्य सहर, नयाँबस्तीका चोक र गल्लीमा बिनादर्ता अवैध रुपमा औषधि पसल, अवैध गर्भपतन सेवासहितको स्वास्थ्य क्लिनिक, डेन्टल क्लिनिक एवम् अस्पताल सञ्चालनमा आएका छन् ।

धेरै औषधि पसलले भाडामा ल्याएको औषधि पसलको प्रमाणपत्र झुन्ड्याएर औषधि बिक्री गर्ने एवम् विभिन्न विशेषज्ञ र चिकित्सकको नाम झुन्ड्याएर बिरामीलाई समेत ठगी गर्दै औषधि बिक्री एवम् स्वास्थ्य जाँच गर्दा पनि सम्बन्धित निकायले चासो दिएको छैन । औषधि पसलमा प्रमाणपत्र झुन्ड्याए पनि ती व्यक्ति भेटिँदैनन् । औषधिको सामान्य ज्ञान समेत नभएका व्यक्तिलाई पसलमा राखेर औषधि बिक्री गर्ने गरेको समेत पाइएको उपभोक्ताको गुनासो छ ।

औषधिमा मनोमानी मूल्य लिने, सामान्य ज्ञान पनि भएका व्यक्तिले नै बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधि दिने र कतिपय क्लिनिकले अनुमतिबिना शय्या राखेर अवैध रुपमा गर्भपतन गराउने गरेका छन् ।

यस्ता औषधि पसल, क्लिनिक एवम् स्वास्थ्य संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान भए पनि १० प्रतिशत पनि दर्ता नभएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रशासन शाखाले जनाएको छ ।

विसं २०७० को स्वास्थ्य निर्देशिकाले जनस्वास्थ्यलाई २५ श्ययासम्मको स्वीकृति दिन सक्ने अधिकार दिए पनि भक्तपुरमा सञ्चालित एक सयभन्दा बढी यस्ता स्वास्थ्य संस्था दर्ता नगरी सञ्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा उजुरी आउने गरे पनि साधन, स्रोत र जनशक्तिको अभाव देखाउँदै अनुगमन गरिएको छैन ।

दर्तावाला क्लिनिक एवम् स्वास्थ्य संस्थाले जनस्वास्थ्य कार्यालयमा मासिक प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान रहे पनि सो नियमलाई समेत पालना गरिएको छैन । यस्ता स्वास्थ्य संस्थाले आम्दानीको पाँच प्रतिशत कर बुझाउनुपर्ने प्रावधान रहे पनि कारबाही हुन नसक्दा बर्सेनि करोडौँ रुपैयाँको कर छली भइरहेको कार्यालयका जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले बताएका छन् ।

कार्यालय प्रमुखले नै अवैध सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको अनुगमन र कारबाहीलाई चासो नदिएको बताउँदै कर्मचारीले विगत वर्षमा भएका अनुगमनमा दोषी ठहरिएकालाई समेत कारबाही गर्न नसकिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment