Comments Add Comment

बालक अपहरणको प्रयास गर्ने ४ जना पक्राउ

apaharan-kari

२९ असार, नवलपरासी । नवलपरासीको प्रगतिनगरमा रहेको विश्वज्योति बोडिङ स्कूलबाट बालक अपहरणको असफल प्रयास गर्ने मध्येका मुख्य योजनाका खड्कबहादुर सुनार सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले नवलपरासीको देवचुली नगरपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिका गरी दुई स्थानबाट चार जनालाई नियन्त्रणमा लिएको हो ।

गत चैत्र २७ गते घरबाट विद्यालय हिाडेका ७ बर्षीय बालकलाई विहान १० बजेर २५ मिनेट जाँदा विद्यालय हाताभित्रैबाट अपहरण गरिएको थियो । नवलपरासीको गैडाकोट नगरपालिका १५, सोह्र नम्बर चोक निवासी विष्णु सापकोटाका ७ बर्षीय छोरा प्रसिद्ध सापकोटा जनज्योति उच्च माविको कक्षा १ मा पढ्दैछन् ।

बालक अपहरण गरेर ना ३७ प ५४८० नम्बरको मोटरसाइकलमा लिएर भाग्न खोज्दा मोटरसाइकल विग्रिए पछि विद्यालयका कर्मचारी, विद्यार्थी र स्थानीय अभिभावकले बालकलाई अपहरण मुक्त गराएका थिए । बालक अपहरण मुक्त भएपनि अपहरणकारी भने भाग्न सफल भएका थिए ।

अपहरणको योजनामा कम्तिमा ६ जना संलग्न रहेको पाइएपनि दुई जना अझै फरार छन् । आफुहरुले चार जनालाई मात्र नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक राजेश थापाले बताए ।

बुधबार साँझ प्रहरीले पत्रकार सम्मेलन गरी पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नवलपरासीको देवचुली नगरपालिका निवासी २० बर्षीय कक्षा १२ मा अध्ययनरत समुयल बरायली, देवचुली नगरपालिका १ निवासी २७ बर्षीय सन्दीप वि.क., रुपन्देही तिलोत्तमा नगरपालिका ३ निवासी २८ बर्षीय खड्गबहादुर सुनार र तिलोत्तमा नगरपालिका ३ निवासी कक्षा १२ मा अध्ययनरत २२ बर्षीय हेमबहादुर सुनार छन् ।

उनीहरु सबैलाई उनीहरुकै घरबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले बताए । पक्राउ परेको चारै जनालाई अपहरण उद्योग अन्तर्गत मुद्दा चलाइने प्रहरीले तयारी गरेको छ । फरार दुई जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment