Comments Add Comment

रोकिराखेको ट्रकमा बस ठोक्किँदा एक जनाको मृत्यु

३१ असार, नवलपरासी । नवलपरासीको मध्यविन्दु नगरपालिका ७ अरुणखोला चोरमारा जंगलबीचमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय नवलपुरले दिएको जानकारीअनुसार दुर्घटनामा गुल्मीका २८ वर्षीय भेषबहादुर गुच्छा मगरको मृत्यु भएको हो । उनको उपचारको क्रममा नवलपरासीको कावासोती नगरपालिका १६ डण्डामा रहेको मध्यविन्दु अस्पतालमा मृत्यु भएको थियो ।

बाटोमा विगि्रएर रोकिराखेको लु १ ख ६७५१ नम्बरको ट्रकमा काठमाडौंबाट प्युठान जाँदै गरेको ना ५ ख ६२७४ नम्बरको बस ठोक्किएर सो दुर्घटना भएको हो ।

घाइतेहरुको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते ६ जनालाई चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारकालागि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment