Comments Add Comment

पशुपतिले कोमललाई भने- राजनीति गर बरु नेता भएर बस

pashupati-sharma-and-komal

काठमाडौं । पोइल जान पाउनु पर्‍यो भन्दै भगवान शीबजीसँग माग गरेरपछि निकै चर्चा पाएकी थिइन् कोमल वलीले । जतिवेला उनले भगवान शीबसँग पोइल जान पाम भन्दै पुकारा गरिन् त्यो समयमा तीजका गीतमा ठाउँ अनुसारको चर्चा हुन्थ्यो ।

गाउा घरमा सासुले बुहारीले हेपेका गीत गाउँथे भने शहरमा बुहारीले सासुलाई नटेरेको प्रसंग धेरै हुन्थ्यो । कोमल भन्छिन् ‘मैले अलिकती फरक गरौं भनेर पोइल जान पाउने कुरा गरेँ’

उनको बुझाइमा प्रेम विवाहको गाउँले रुप हो पोइल । गाउँमा अहिले पनि पोइल जाने चलन छँदैछ । तर, कतिपय ब्यक्तिले यो शब्दलाई राम्रो मान्दैनन् । कोमललाई याद छ । पोइल शब्द राखेर गीत गाउन लाग्दा उनका परिवारका सदस्यले निकै दवाव दिएका थिए ‘यस्तो गीत नगाउ अनावश्यक विवादमा परिन्छ’ भनेर ।

के टेर्थिन कोमल । भन्छिन् ‘मेरा ठाउँ दाङ सल्यानतीरको निकै चल्तिको शब्द हो पोइल त्यसकारण हटाइन ।’ गीत गाउनु अघि केही वकिललाई सोध्ने र शब्दकोष पल्टाएर हेर्ने काम भने गरेकी रहिछन् । ‘वकिलसँग बुझेपछि र शब्दकोष हेरेपछि थाह पाएँ यसको गलत अर्थ कतै लाग्ने रहेनछ’ कोमलले भनिन् ।

तीजको गीतमा पोइल जान पाम भनेर उनले गाउन थालेको ठ्याक्कै दश वर्ष भयो । यो विचमा धेरै घटना घटे । गीतवाटै पोइल लान तयार छु भन्नेहरुदेखि भेटेर खुसुक्कै सोध्नेहरु पनि आए । उनका केहि साथीहरुले त गीत सुनेर सोधे पनि अरे ‘साँच्चै बिहे नभएकै हो त ?’ त्यसरी प्रश्न गर्नेहरुलाई विभिन्न उत्तर दिइन् कोमलले ।

०४४ सालमा एसएलसी उत्तिर्ण गरेकी हुन् कोमल वलिले । उनको उमेर कतिभयो हिसाब गर्न जरुरी छैन । यति भन्न सकिन्छ । पोई पाउन चाँहि ढिला भएकै हो । अब थाक्नु भएको हो ? कोमल मुस्कुराउँदै भन्छिन् ‘म कहिल्यै थाक्ने खालको मान्छे हैन’

गीतमा त पाई चाहियो भन्ने चाँहि लाष्टै चोटी हो भन्नु भएको छ त ? भन्ने प्रश्नको जवाफ दिादै उनले भनिन् ‘पोई शीर्षकमा फेरि अर्को गीत गाउादिन यहि अन्तिम हो ।’

हरेक तीजमा जीत गीतलाई महत्व दिने धारणा राख्ने कोमलले पोई शीर्षकलाई यसैपालि बिट मारेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment