Comments Add Comment

गुईठेमा झोलुङ्गे पुल निर्माण

४ साउन, बाबियाचौर (म्याग्दी) । म्याग्दीको दाना र नारच्याङको सिमानामा पर्ने गुईठेस्थित कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण भएको छ ।

Birdgeचौबिस लाख ३७ हजार ९११ रूपैयाँको लागतमा ४४ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माण भएपछि दानाको वडा नं ९, नारच्याङको १, २, ३, ४, ५, ६ र ७ का ३२८ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिले जनाएको छ ।

जिविसअन्तर्गत सञ्चालित विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रममार्फत पुल निर्माण भएको हो ।

पुल निर्माणका लागि जिविसले ११ लाख १८ हजार ४५९ नगद, स्वाप कार्यक्रमले दुई लाख १३ हजार २७२ बराबरको लठ्ठा र बुलडग तथा गाविस कार्यालयले ४८ हजार ७५८ रूपैयाँ अनुदान र समुदायले सोही बराबरको श्रमदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment