Comments Add Comment

अघिल्लो वर्षमा भन्दा दुर्घटना र मृत्यु हुनेको संख्या बढ्यो, राजधानीमा दैनिक १५ दुर्घटना

Car-Accident५ साउन, काठमाडौं । उपत्यकाका सडकमा मोटरसाइकलचाकल र पैदलयात्रु सबैभन्दा धेरै जोखिममा रहेको ट्राफिक प्रहरीको तथ्यांक छ । वर्षमा मोटरसाइकल/स्कुटीचालक ७५ तथा पैदलयात्रु ६५ जनाको दुर्घटनामा मृत्यु भएको छ ।

ट्राफिक महाशाखाको आर्थिक वर्ष ०७२/७३ को तथ्यांकअनुसार कार, जिप र भ्यानकै हाराहारीमा मोटरसाइकल/स्कुटी दुर्घटनामा परेका छन् ।

मृत्यु भने मोटरसाइकलचालकको धेरै हुने गरेको छ । गत आवमा दुई हजार आठ सय ५७ कार/जिप/भ्यान दुर्घटनामा परेकोमा कसैको पनि मृत्यु भएको छैन ।

तीन हजार दुई सय ५२ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेकोमा ७५ जनाको मृत्यु भएको ट्राफिकको तथ्यांक छ । ट्राफिक महाशाखाका अनुसार गत आवमा आठ साइकलचालकले पनि ज्यान गुमाएका छन् । बसमा सवार आठ, माइक्रोमा सवार एक, ट्रकका ६ तथा टेम्पोमा सवार दुईजनाको मृत्यु भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उपत्यकामा चल्ने सवारीसाधनमध्ये मोटरसाइकल धेरै रहेको र ठूला सवारीसाधनसँगको ठक्करमा सानो सवारीलाई नै बढी धक्का लाग्ने भएकाले मोटरसाइकलचालक बढी खतरामा पर्ने गरेका हुन् ।

मोटरसाइकलचालकले सुरक्षित र बलियो हेल्मेट नलगाउने, मोटरसाइकल/स्कुटीमा पछाडि बस्नेले हेल्मेट नलगाउने, तीव्र गतिमा नागबेली चलाउनेजस्ता कारणले पनि दुर्घटनामा बढी मोटरसाइकलचालकको मृत्यु हुने गरेको प्रहरीको विश्लेषण छ । पैदलयात्रुको मृत्यु धेरै हुनुमा भने जभाभावी बाटो काट्ने तथा जेब्राक्रसमा समेत चालकले यात्रुलाई प्राथमिकता नदिने प्रवृत्ति प्रमुख कारण देखिन्छ । कतिपय पैदलयात्रु जेब्राक्रसमै मारिने गरेका छन्।

सबैभन्दा धेरै चालकको लापरबाहीकै कारण दुर्घटना भएको ट्राफिक महाशाखाको तथ्यांक छ । पाँच हजार दुई सय ८१ चालकको लापरबाही, ४८ तीव्रगति, ७७ वटा यान्त्रिक गडबडी, ४६ ओभरटेक तथा ११ वटा दुर्घटना पैदलयात्रुको गल्तीका कारण भएको छ । सडकको अवस्था, मौसम तथा चौपायाको कारण २१ वटा दुर्घटना भएका छन् ।

दैनिक १५ दुर्घटना

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव ०७२/७३ मा अघिल्लो वर्षमा भन्दा दुर्घटना र मृत्यु हुनेको संख्या बढेको छ । गत वर्ष उपत्यकामा पाँच हजार ६ सय ६८ दुर्घटना भएको छ । प्रहरीका अनुसार राजधानीमा औसतमा दैनिक करिब १५ दुर्घटना हुने गरेका छन् । गत वर्षका दुर्घटनामा एक सय ६६ जनाको मृत्यु भएको छ भने दुई सय ७५ जना गम्भीर घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment