Comments Add Comment

रामचन्द्रको नयाँ प्रस्तावः प्रधानमन्त्रीले राजीनामा दिने, अविश्वासको प्रस्ताव फिर्ता लिने

Ramchandra Paudel

६ साउन, काठमाडौं । प्रमुख तीन दलको बैठकमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नयाँ प्रस्ताव राखेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने र सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने प्रस्ताव राखेका हुन् ।

अविश्वासको प्रस्ताव कि बजेटसाग आश्रति विधेयक पहिला संसदमा पेश गर्ने भन्नेमा दलहरुबीच सहमति जुट्न नसकिरहेका बेला पौडेलले नयाँ प्रस्ताव अघि सारेका हुन् । चार दलको बैठकपछि पौडेलले भने, ‘मैले चार बटा विषयमा प्याकेजमै सहमति गरौं भनेको छु ।’

पौडेलका अनुसार प्रस्तावमा बजेटसँग सम्वन्धित विधेयकहरु पास गर्ने, प्रधानमन्त्रीले राजीनामा दिने र संदसमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने उल्लेख छ । यस्तै नयाँ प्रधानमन्त्रीको चुनावमा जाने र सहमत हुने दलहरुले सरकार बनाउने पौडेलको प्रस्ताव छ । साथै संविधान कार्यान्वयनमा मिलेर जाने पौडेलको प्रस्ताव छ ।

पौडेलको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामाबारे पार्टीमा छलफल गर्छु भनेका छन् । एमाले नेताहरूले यो प्रस्तावलार्इ सकारात्मक भनेका छन् ।

एमाले नेता भरतमोहन अधिकारीले पनि दलहरुबीच प्याकेजमा सहमति हुनु पर्ने बताएका छन् । असार अन्तिमबाट सुरु भएको दलहरुबीचको तिक्तता कम हुने संकेत देखिएको भन्दै उनले दलहरुबीच चार विषयमा सहमति आवश्यक रहेको बताए ।

अनलाइनखबरस्ँष् कु्रा गर्दै नेता अधिकारीले बजेटसँग सम्वन्धित विधेयक पास गर्ने, अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्रीले स्वविकेकले राजीनामा घोषणा गर्ने सहमति हुनु पर्ने बताए । त्यसपछि संविधान कार्यान्वयन, भूकम्प प्रभावितलाई राहत तर आर्थिक सम्बृद्धिका लागि सहमतिको सरकार बनाउनु पर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment