Comments Add Comment

पहिरोमा परि मकवानपुरको भीमफेदीमा ३ को मृत्यु

११ साउन, काठमाडौं । मकवानपुरको भिमफेदी-५ मा आज बिहान ४ बजे गएको पहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।

Gorakaha-Pahiroपहिरोमा परेर स्थानीय मनमाया साङताङकी छोरी, ज्वाँइ र नाती छन् । माइत आएकी छोरी अन्दाजी २३ बर्षीया पार्वती रुम्बा, उनका पति अन्दाजी ३१ बर्षीय टेकबहादुर रुम्बा र उनीहरुका छोरा अन्दाजी ७ बर्षीय विकास रुम्बाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मनमायाको २ वटा घर भएपनि उनी ज्वाईछोरीसँग छुट्टै गोठजस्तो घरमा बस्दै आएकी थिइन् । घटनाको जानकारी आएलगत्तै घटनास्थलमा पुगेर प्रहरीले उद्धार गर्दा उनीहरुको मृत्यु भइसकेको थियो ।

पहिरोबाट १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले नेपाली सेना, नेपाल पुलिस र सशस्त्र प्रहरीको टोली पुगेको छ ।

यता रामेछापमा केही दिनदेखी परेको अबिरल बर्षाका कारण भुजी-२ को रामस्थानबाट झरेको पहिरोले पाँच वटा घर पुरेको छ । सोमबार राति पहिरो आएपछि भाग्ने क्रममा ६७ वर्षकी लिलामाया श्रेष्ठ घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

पहिरो अझै नरोकिँदा त्यस क्षेत्रका एक दर्जन भन्दाबढी घर जोखिममा छन् । पहिरोका कारण मानवीय क्षति नभएपनि थुप्रै पशुचौपाया मरेका छन् ।

अर्घाखाँचीमा एक युवतीको मृत्यु

११ साउन, अर्घाखाँची । अर्घाखाँचीको ठाडा गाविसमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ ।

प्रेमबहादुर घर्तीको घर पहिरोले बगाउँदा उनकी जेठी छोरी १७ वषर्की शारदा घर्तीको ज्यान गएको हो ।

कान्छी छोरी १६ वर्षकी बालकुमारी घर्तीको भने जीवितै उद्धार गरिएको छ । प्रेमबहादुरको दुई वटा गोठ बगाएको छ ।

यस्तै जिल्लाको ठाडा गाविस सहित विभिन्न ठाउँमा खसेको पहिरोले गोरुसिंगे-सन्धीखर्क सडक अवरुद्ध भएको छ । गाउँवाट आउने सवारी साधनहरु पनि पहिरोले चलेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment