Comments Add Comment

सिनर्जी हाइड्रोपावरको ७ लाख कित्ता सेयर खुल्यो


१६ साउन, काठमाडौं । आजदेखि सिनर्जी पावर डेभलपमेण्ट कम्पनी लिमिटेडको स्थानीयलाई ७ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणलाई २१ लाख कित्ता सेयर छुट्याएको छ । जसमध्ये ७ लाख कित्ता स्थानीयलाई दिएको हो । कम्पनीले दोलखामा सिपि्रङ खोलाबाट ९.६६ मेगावाटको सिपि्रङ विद्युत उत्पादन गरिसकेको छ ।

cenergy-powerकम्पनीले स्थानीय ६ गाविसका लागि निष्काशन गरेको सेयरमा साउन १९ देखि ढिलोमा समउन ३० गतेसम्म लगानी गर्न पाउने सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्ले जनाएको छ ।

आयोजना प्रभावित गौरीशंकर, खारे, लामाबगर, वराड., बुलुड. र लादुक गाउँ बिकास समितिका जनताले प्रति ब्यक्ति ५० कित्ता देखि ५ हजार कित्तासआवेदन दिन सक्नेछन् ।

७० करोड चुक्ता पूँजी मध्ये कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका जनताका लागि निष्कान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment