Comments Add Comment

डीएनए परीक्षणलाई सर्वोच्चले मान्ने

Sarboccha-Adalat

१९ साउन, काठमाडौं । नाता कायम जस्तो मुद्दामा डीएनए परीक्षणबाट प्राप्त विशेषज्ञको रायलाई बिना आधार अस्वीकार गर्न नसकिने ठहर सर्वोच्च अदालतले गरेको छ ।

डीएनए परीक्षणको प्रतिवेदनलाई केही वर्षअघि नमानेको सर्वोच्च अदालतले अब भने त्यस्तो प्रतिवेदनको आधिकारिकतामा खण्डन गर्न सघाउ पुर्याउने अन्य प्रमाण भएमा मात्र जाच्न सकिने उल्लेख गरेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

चार वर्षअघि सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु बलराम केसी र सुशीला कार्कीको संयुक्त इजलासले डीएनए परीक्षणको प्रतिवेदनलाई अस्वीकार गरी चितवनकी नीता गुरुङबाट जन्मिएको बच्चा राजीव गुरुङको भएको ठहर गरेको थियो । तर डीएनए प्रतिवेदनले सो बच्चा राजीवको नभएको उल्लेख गरेको थियो ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरु कल्याण श्रेष्ठ र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले २०७१ साल असार २४ गते बाग्लुङ जिल्लाका डम्बरबहादुर मल्लविरुद्ध गुमा गिरी भएको माना चामल नाता कायम मुद्दामा फैसला गरेको थियो । तर डिएनए प्रतिवेदनले सो बच्च राजीवको नभएको उल्लेख गरेको थियो ।

सर्वोचच अदालतले नाता कायम जस्तो मुद्दामा डीएनए परीक्षणबाट प्राप्त विशेषज्ञको रायलाई बिनाआधार अन्यथा हो भन्न नमिल्ने ठकर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment