Comments Add Comment

कस्मेटिक गोदाममा आगलागी

२१ साउन, चितवन। चितवनको भरतपुरस्थित एक कस्मेटिक गोदाममा आज आगलागी भएको छ ।

aagoबिहीबार साँझको समयमा विद्युत् चुहावट भई मल्ल इन्टरप्राइजेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आगलागी भएको जानकारी आउनेबित्तिकै भरतपुर उपमहानगरबाट गएको दमकलको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाएको थियो ।

आगलागीबाट करिब रु दुई लाखभन्दा बढीको कस्मेटिकका सामग्री जलेर नष्ट भएको प्रारम्भिक जानकारी आएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment