Comments Add Comment

दूध बेचेर महिनामा ९ लाख कमाउँछन् इमानबहादुर

milk collectionपोखरा, २१ साउन । मेहनत गरे आफनै देशमा मनग्य कमाउन सकिने रहेछ भन्ने उदाहरणीय कृषक बनेका छन् कास्कीको लाहाचोक गाविसका इमानबहादुर गुरुङ ।

तीन वर्षअघिदेखि भैँसी र गाईपालन व्यवसाय सुरु गरेको उनले दूध बिक्रीबाट मासिक नौ लाख आम्दानी हुन्छ । अहिले उहाँको गोठमा ३०० वटा उन्नतजातका भैँसी र १२ वटा गाई छन् । “दैनिक ८०० लिटरदेखि ९०० लिटरसम्म दूध उत्पादन हुन्छ,” गुरुङले भने ।

उत्पादन भएको दूधमध्ये भैँसीको प्रति लिटिर  ८० र गाईको प्रतिलिटर  ५० रूपैयाँमा पोखरामा ल्याएर बिक्री गर्ने गरेको उनले बताए । गुरुङको प्रेरणाबाट नै उक्त गाउँका ६०÷६५ किसानले पशुपालन व्यवसाय गरेर आयआर्जन गर्ने गरेका छन् । उनले आफनो ७० रोपनी जमिनमा घाँसखेती लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment