Comments Add Comment

नेप्से एकाएक माथि उफ्रियो, डेढ घन्टामै बजार बन्द

सेयरबजार एक ध्रुवबाट अर्को ध्रुवमा

stock-nepse-market
२५ साउन, काठमाडौं । लगातार ओरालो लागेको सेयर बजारले ९ दिनपछि एकाएक यु-टर्न लिएको छ । नेप्सेमा तीव्र गिरावटका कारण सर्किट ब्रेक लागेको भोलिपल्ट ठीक उल्टो कारणले डेढ घन्टामै बजार बन्द भयो ।

नेप्सेमा ५ प्रतिशत भन्दा बढी उछाल आएपछि मंगलबार साढे १२ नबज्दै बजार बन्द गरिएको हो । तीन पटक सर्किट ब्रेक लाग्दा पनि बजारको वृद्धि रोकिएन र बजार बन्द गराउनुपर्‍यो ।

अघिल्लो दिन सोमबार नेप्सेमा पाँच प्रतिशतको गिरावट आएपछि कारोबार स्थगित गराइएको थियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार आएपछि पहिलोपटक सेयर बजार ‘हरियो’ भएको हो । सोमबार ५.३ प्रतिशतले घटेको नेप्से मंगलबार ५.४ प्रतिशतले वृद्धि भएर १७६० अंकमा पुगेको छ ।

कारोबार सुरु हुनु अघि नेपाल स्टक एक्सचेञ्जले बजार घट्नुपर्ने कारण केही नभएको भन्दै कम्पनीहरुको वित्तीय अवस्थाको अध्ययन गरी लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको थियो । त्यसको प्रभाव लगानीकर्तामा तुरुन्तै परेको देखिएको छ ।

धितोपत्र बोर्डले पनि सोमबार नेप्सेमा रेकर्ड गिरावट भएपछि लगानीकर्तालाई प्रोत्साहित गर्दै विज्ञप्ति निकालेको थियो । नेप्से र बोर्डले नै लगानीकर्तालाई आश्वस्त पारेपछि बजार सुधारको दिशामा अघि बढेको हो ।

मंगलबार बैंकिङ समूह ९६ अंकले उकालो लाग्यो भने होटल समूहमा ११९ अंकको वृद्धि भयो । यसैगरी विकास बैंक समूहमा ४४ अंकले सुधार हुँदा जलविद्युतमा १३८ अंकको बढोत्तरी आयो ।

nepse-11111
यसैगरी वित्त समूह १२ अंकले हरियो हुँदा बीमा समूह ५१२ अंकले उफि्रयो । टेलिकम सूचिकृत अन्य समूह पनि १५ अंकले हरियो भयो ।कारोबारका आधारमा नेपाल बैंक, एभरेष्ट बैंक र सिद्धार्थ बैंक अघि रहे । मंगलबार २९ करोड ८३ लाख रुपैयाँ बराबरको ३ लाख १० हजार कित्ता सेयर कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment