Comments Add Comment

अनशनकारीका माग सम्बोधन गर्न नेविसंघ प्रतिनिधि थपियो

nsu_mahadibesan

२६ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का अनशनकारीका माग सम्बोधन गर्न प्रतिनिधि संख्या बढाइएको छ ।

विधिविपरित प्रतिनिधि छानिएको विरोधमा कुन्दन काफ्ले समूहका कार्यकर्ताहरु पार्टी कार्यालमा अनशन बसेका थिए । २३ गते महाधिवेशन उदघाटन भए पनि प्रतिनिधि विवादका कारण बन्दसत्र सुरु हुन सकेको छैन ।

निर्देशक समितिका एक सदस्यका अनुसार असन्तुष्ट पक्षका माग सम्बोधन हुने गरी प्रतिनिधिहरुको संख्या थपिएको छ र यसअघि छानिएका प्रतिनिधिहरु कुनैलाई पनि हटाइएको छैन । संख्या थपिएसँगै नेविसंघ प्रतिनिधिहरु तीन हजार चार सय बढी पुगेका छन् ।
यो सहमतिसँगै अब बन्दसत्रको प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् ।

सहमतिबारे जानकारी दिन साँझ पाँच बजे निर्देशक समितिले पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलनपछि प्रतिनिधिहरुको नामावली सार्बजनिक गरिने छ ।

त्यसपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने छ । २५ गते सक्ने पूर्वयोजना भए पनि नेविसंघको महाधिवेशन लम्बिएको छ । नयाँ नेतृत्व चयन प्रक्रिया पूरा गर्दा अझै तीन दिन लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment