Comments Add Comment

छब्बीस गाविस प्रकोपको उच्च जोखिममा

Narayani-River,-Photo-Govinda-Ghimire३० साउन, नवलपरासी । नवलपरासीका विभिन्न २६ वटा गाउँ विकास समिति प्रकोपको दृष्टिकोणले उच्च जोखिममा रहेका छन् । जिल्लामा मुख्यगरी नारायणी नदीबाट बढी मात्रामा प्रकोपको दृष्टिकोणले उच्च जोखिममा रहेको देखिन्छ ।

चुरे क्षेत्र भनेर चिनिने जिल्लाको ग्रामीण क्षेत्र नेपाल–भारत सीमा क्षेत्र नारायणी नदी नजिकका रामपुरखडैना, भुजहवा, प्रतापपुर, कुडिया, नर्सही, पक्लीहवा, त्रिवेणी सुस्ता, गुठीप्रसौनी गाविस जोखिममा छन् ।

यता नारायणी नदीकै कारण नवलपुर क्षेत्र अन्तर्गत प्रसौनी, नारायणी, कोल्हुवा, पिठौली, कावासोती, धौवादी, रजहर उच्च जोखिममा रहेको सामुदायिक प्रकोप जिल्ला सञ्जाल, नवलपरासीका अध्यक्ष शिवप्रसाद न्यौपानेले बताए ।

यी क्षेत्रमा २०६३ सालदेखि नै जिविसको सहयोग र व्यवस्थापनमा प्रकोपबाट बच्न पूर्वतयारी हुने गरेको पाइन्छ । जसबाट प्रकोपको दृष्टिकोणले जोखिम मानिने विभिन्न क्षेत्रमा प्रचारप्रसारको काम भइरहेको केयरअन्तर्गत हरियो वन कार्यक्रमका चितवन र नवलपरासी फिल्ड संयोजक शेखरबहादुर अधिकारीले बताए ।

नवलपरासीको प्रकोपको दृष्टिकोणले उच्च जोखिममा रहेका यी स्थानमा जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा अक्सफाम, केयर नेपाल, सहमति, इन्द्रेणी सामाजिक विकास मञ्च, सामुदायिक प्रकोप सञ्जाललगायतले काम गर्दै आइरहेका छन् ।

गाउँमा बाढी पसिसकेपछि सामुदायिक आवास (भवन) पूर्व सूचनाको प्रविधि जडान गरी बाढीबारे सूचना प्रवाह गर्ने र बाढी प्रभावितलाई सुरक्षित स्थानमा सार्न जिल्लाको पिठौलीमा एउटा सामुदायिक भवन रहेको छ ।

विश्व वन्यजन्तु कोष, राष्ट्रिय प्रकृति संरक्षण कोष, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतका सङ्घसंस्थाले नवलपरासीमा प्रत्यक्ष रुपमा प्रकोपको दृष्टिकोणले उच्च जोखिम मानिने क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment