Comments Add Comment

प्रचण्डसमक्ष वैद्यका ९ माग: नक्कली सुकुम्बासी छुट्याउनुस्

Mohan-Baidhya-and-Prachand-meet

३२ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले सरकारलाई नौ बुँदे ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष मोहन वैद्यले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुकुम्बासीसँग सम्बन्धित नौ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

नक्कली सुकुम्बासी छुट्याउन, सुकुम्वासीहरुलाई वैकल्पिक बसोबासको व्यवस्था नगरी हाल वस्दै आएका स्थानबाट नहटाउन, सुकुम्वासी वस्तीमा खानेपानी र विजुली बत्तीको व्यवस्था गर्न, उनीहरुलाई जग्गाधनी पूर्जा दिन तथा औषधि उपचारमा छुट दिन ज्ञापनपत्रमा माग गरिएको छ ।

खासगरी कञ्चनपुरको कृष्णपुरमा सुकुम्वासी बस्ती भत्काइएको, सर्लाहीमा सुकुम्वासीले लगाएको बाली नष्ट गरिएको तथा काठमाडौंको विष्णुमती नदी किनारमा सुकुम्वासी बस्ती खाली गराउन सूचना निकालिएको भन्दै वैद्य माओवादीले त्यसको विरोध गरेको छ ।

ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री प्रचण्डले विना विकल्प सुकुम्वासीहरुलाई हाल बस्दै आएको स्थानबाट नहटाइने प्रतिबद्धता जनाए । आफूले सरकारको नेतृत्व सम्हालेपछि कहिँ पनि सुकुम्वासी बस्तीमाथि धावा नबोलेको प्रचण्डले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment