Comments Add Comment

नेविसंघ मतगणनाः नैनसिंह १४९६, मनोजमणि १३६५

महामन्त्रीमा कुन्दनको अग्रता

२ भदौ, काठमाडौं । नेविसंघको प्रारम्भिक मत परिणाममा अध्यक्षका प्रत्यासी नैनसिंह महरले अग्रता लिएका छन् । यसैगरी महामन्त्री पदमा कुन्दन काफ्ले अघि देखिएका छन् ।

Nain-Sing-Mahar
नैनसिंह महर

नेविसंघको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना अहिले कांग्रेस पार्टी कार्यालय सानेपामा जारी छ ।

पछिल्लो मत परिणाम अनुसार सभापति पदका प्रतिस्पर्धी नैनसिंह महरले १४ सय ९६ मत पाएका छन् । यसैगरी मनोजमणि आचार्यले १३ सय ६५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

महामन्त्री पदमा कुन्दन काफ्लेले ७७७, सरोज थापाले ६९१, दिपक भट्टराईले ६२४ र हिमाल श्रेष्ठले ५१७ मत पाएका छन् ।

सात प्रदेशको मतगणना सकिएको र उपत्यकाको बाँकी रहेको  निर्वाचन कमिटीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment