Comments Add Comment

सम्बन्धको कथा भन्ने गाँठोको ट्रेलर यस्तो छ

dis-auderd

काठमाडौं । चलचित्र गाँठोले ट्रेलर सार्वजनिक गरेको छ । सुरज भुषाल निर्देशित चलचित्र गाँठोले सम्वन्धको कथा बोकेको निर्देशक भुषाल बताउँछन् ।

गाँठोमा होस्टेल रिर्टन्स स्टार नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहको छ । यस अधि सार्वजनिक गीत तथा टिचरबाट चर्चा कमाईरहेको चलचित्रको ट्रेलर युट्युव मार्फत सार्वजनिक गरेको हो ।

यस अघि मौन तथा होस्टेल रिर्टन्स निर्देशन गरेर चर्चा कमाएका निर्देशक भुषालले निर्देशन गरेको चलचित्र दर्शकको प्रतिक्षित चलचित्र बनेको छ । यस अघि होस्टेल रिर्टन्सबाट चर्चा कमाएका अभिनेता नाजिर हुसेन तथा अभय बराल अभिनित चलचित्र भएका कारण पनि चलचित्र दर्शकको पर्खाइको चलचित्र बनेको हो ।

बटवाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्रमा तिलक क्षेत्रि नृपेन्द्र राज जोशी र स्यंम सुरज भुषालको लगानी रहेको छ । चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ  । पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । चलचित्र ३१ भदौवाट प्रदर्शन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment