Comments Add Comment

मनसुनी प्रणालीले देशैभर वर्षा

५ भदौ, काठमाडौं । पूर्वी क्षेत्रबाट मनसुनी प्रणाली विकास भएका कारण आइतबार नेपालको मौसममा खराबी आएको छ । उक्त प्रणालीको असरस्वरूप आइतबार मुलुकभर वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भेगबाट विकसित भएको मनसुनी प्रणाली मध्य हुँदै पश्चिमतिर सर्ने क्रममा रहेकाले आजराति मध्य र पूर्वी क्षेत्रका धेरै स्थानमा सामान्य वर्षा हुने मौसमविद् बरुण पौडेलले बताए । ‘मध्य र पूर्वका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ, भोलि दिनभर बद्ली भई मध्य र पश्चिमका केही स्थानमा वर्षा हुनेछ, मङ्गलबारदेखि मौसममा सुधार आउनेछ, उनले भने ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सबैभन्दा बढी ओखलढुङ्गा ३५ दशमलव ३ र सबैभन्दा कम १ दशमलव १ मिलिमिटर वर्षात् भएको छ । विराटनगरमा १२, काठमाडौँमा २, लुम्लेमा तीन र जुम्लामा दुई मिलिमिटर वर्षात् भएको छ ।

सबैभन्दा बढी तापक्रम भैरहवामा ३६ र सबैभन्दा कम डडेलधुरामा २६ डिग्री सेल्सियस रहेको छ । काठमाडौंको अधिकतम तापक्रम ३१ र न्यूनतम १९ डिग्री रहेको महाशाखाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment