Comments Add Comment

गुल्मीको रुद्रवेणी–वामिटक्सार सडक सुचारु

८ भदौ, तम्घास । गुल्मीको रुद्रवेणी–वामिटक्सार सडकखण्ड आजदेखि सुचारु भएको छ । तम्घास–सिमलटारी–प्यूठान सडक आयोजनाले उक्त सडकखण्डदेखि केही माथिबाट एक किलोमिटरको वैकल्पिक सडक निर्माण गरिदिएपछि अवरुद्ध सडक सुचारु भएको आयोजनाका इन्जिनियर चन्द्रेश्वर शाहले जानकारी दिए ।

TheKingdomOfNepal.com: Gulmi District Mapरुद्रवेणी–वामिटक्सार सडकखण्ड अन्तर्गत उर्लिखोलामा गत महिना आएको बाढीले उर्लिखोला बजारसँगै जोडिएको मुख्य सडक बगाएर लगिदिएपछि उक्त क्षेत्रमा विगत एक महिनादेखि सवारी आवागमन ठप्प भएको थियो ।

सडक सुचारु भएसँगै उक्त सडकखण्ड अन्तर्गत बीचबीचमा रोकिएका बस, ट्रक तथा जिपलाई आवागमनमा सहजता पुगेको छ ।

बाढीले बगाएको मुख्य सडकलाई सुचारु गर्न ठूलो रकम लाग्ने भएका कारण यात्रुको समस्यालाई ध्यान दिँदै अहिलेलाई वैकल्पिक सडक निर्माण गरी यातायात सुचारु गरिएको इन्जिनियर शाहले बताए ।

जिल्लामा सबै भन्दा बढी सवारी साधन सञ्चालन हुने उक्त सडक लामो समयसम्म अवरुद्ध बनेपछि त्यस क्षेत्रका हजारौँ यात्रु समस्यामा पर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment