Comments Add Comment

बसुन्धरामा बस दुर्घटना: एकको मृत्यु, १५ घाइते

१५ भदौ, काठमाडौं । बसुन्धरामा बुधुबार साँझ बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

महारागन्जबाट नयाँबसपार्कतर्फ जाँदै गरेको बा १ ख ९२८० नम्बरको स्वयम्भू यातायातको दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेका सनाखत हुन सकेका छैन ।

घाइतेलाई उद्धार गरी अहिले उपचारका लागि छजनालाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र अन्यलाई बिपी स्मृति अस्पताल पठाइएको महानगरी प्रहरी प्रभाग बसुन्धराका प्रहरी सहायक निरीक्षक प्रमोद प्याकुरेलले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment