Comments Add Comment

तीस जोर लुगाले बचाएको विद्यालय !

School-Building१८ भदौ, काठमाडौं । विद्यार्थी संख्या घटेर पाँचजनामा सीमित भएपछि जिल्ला शिक्षा कार्यालय मोरङले भौडाहा-७ को लक्ष्मी प्राविलाई मर्ज गर्ने प्रक्रिया थाल्यो ।

त्यो विद्यालयलाई नजिकको दुर्गा प्राविमा मिलाउन प्रधानाध्यापक कृष्णबहादुर सुवेदीलाई निर्देशन दिइएको थियो । तरसुवेदी भने विद्यालय मर्जमा जाने प्रक्रिया थाल्नुको साटो पाँ हजार रुपैयाँ बोकेर बिराटनगर लागे ।

जिल्ला सदरमुका पुगेर उनले त्यही पैसाले कपडा खरिद गरे । तीस हजोर स्कुल ड्रेस उतै सिलाएर भौडाहा फर्किए । गाउँमा विद्यालय जाने उमेरका बालबालिकालाई जहाँजहाँ भेट्यो त्यहीँ नयाँ लुगा लगाइदिन थाले । सुवेदीको अभियान देखेर अभिभावक छक्क परे । अाजको अन्नपूर्णमा समाचार छ ।

यहाँ सीमान्तकृत सरदार, राजवंशी, ताजपुरिया र मुडियार समुदायको बाहुल्य छ ।

तेह्र वर्षअघि बन्द गर्न निर्देशन दिइएको त्ही विद्यालय अहिले श्रव्यदृश्यका माध्यमबाट पठनपाठन गराउने विद्यालयका रुपमा जिल्लामै नमुना बनेको छ ।

‘अहिले तीस जोर लुगा बाँडेर विद्यालय बच्यो भनेर सुनाउँदा धेरैले पत्याउँदैनन्’, सुवेदीले भने, ‘बाटोबाटोमा भेटिएका जति सबै बालबालिकालाई नयाँ लुगा लगाइदिएँ घरघघरमा गएर पनि लुगा बाँडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment