Comments Add Comment

भारत भ्रमणका एजेन्डा बनाउन प्रधानमन्त्री व्यस्त

Prachanda,-Chairman-of-Maoist-Center२० भदौ, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा छलफल गर्ने एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग  ‘ब्रिफिङ’ लिएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब दुई घन्टा चलेको बैठकमा उनले कार्यान्वयन गर्न सम्भव भएका विषय मात्रै आफूले भारतीय अधिकारीसँग उठाउने स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्ड ३० भदौदेखि २ असोजसम्म भारतको औपचारिक भ्रमणमा  जाँदै छन् ।

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री रमेश लेखक, पर्यटनमन्त्री जीवनबहादुर शाहीललगायत ‘ब्रिफिङ’मा सहभागी थिए ।

मन्त्रालयका सचिव तथा भारत भ्रमणको एजेन्डामा समन्वय गरिरहेका सहसचिवले भारतीय सहयोगमा निर्मित आयोजनाको अवस्था र भारतसाग वार्ताका लागि नेपालको प्रस्तावित अडानबारे ‘ब्रिफिङ’ गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई माथिल्लो कर्णाली, अरुण तेस्रोसहित भारतीय कम्पनीले निर्माण गर्ने जलविद्युत् आयोजनाको अवस्थाबारे सम्बद्ध मन्त्रालयका अधिकारीले ‘ब्रिफिङ’ गरेका थिए ।

उनीहरूले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यताबारे पूर्ववत् सहमति, प्रचण्ड अघिल्लो पटक प्रधानमन्त्री हुादा भारतले वचन दिएको नौमुरे जलविद्युत् योजना निर्माणबारेमा चर्चा गरेका थिए ।

नेपालको आन्तरिक पानी बााडफााडको विवाद तथा भारतीय अरुचिसमेतका कारण निर्माण नभएको सो आयोजनाको विकल्प खोज्नुपर्ने सुझाब सम्बद्ध अधिकारीले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment