Comments Add Comment

मलेसियामा रहेका खप्तडी बस्नेतहरुले नेपाली दिदीवहिनी जम्मा गरेर तीज मनाए

Teej-Malesiya

मलेसिया । मलेसियामा रहेका खप्तडी बस्नेतहरुले नेपाली हिन्दू महिलाहरुको प्रमुख चाड तीजको मुख्य दिन आइतबार क्वालालम्पुरमा नेपाली दिदीबहिनीहरुलाई निम्ता गरेर तीज मनाएका छन् ।

संस्थाका अध्यक्ष बादसा बस्नेतको सभापत्विमा भएको कार्यक्रमको विशेष अतिथि गायिकाद्धय कोमलओली र कोपिला गौतम रहेका थिए ।

आफनो दाजुभाइहरुले वोलाएको भन्दै टाढाटाढा रहेका दिदीवहिनीहरु रातो साडिमा सजिएर कार्यक्रममा उपस्थित भएका थिए ।

करीव चार घण्टासम्म चलेको दर तथा तीज कार्यक्रममा समाजलाई अगाडि वढाउन उल्लेख्य भुमिका खेल्नेहरुलाई मायाको चिनो तथा खादाले सम्मान गरिएको थियो । यसैगरी आफ्नो रोजगारीको कार्य अवधि सकेर नेपाल र्फकन थालेका साथीहरुलाई समेत विदाइ गरिएको थियो ।

खप्तडी वस्नेतहरु रोजगारीको लागि मलेसियामा धेरै रहेको भएपनि प्रचार प्रसारको अभावमा सवैलाई समेट्न नसकिएको र आउँदा दिनहरुमा सदस्यता समेत विस्तार गरिने अध्यक्ष वादसा वस्नेतले अनलाइनखवरलाई जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment