Comments Add Comment

पहिरोमा घाइते महिलालाई उपचार गर्न काठमाडौं लगियो, सबै खर्च सरकारले व्यहोर्ने

Krishna-Kumari-Palungwa,-Ta
२० भदौ, ताप्लेजुङ । शुक्रबार रातिको पहिरोमा परी घाइते भएकी ताप्लेजुङ नगरपालिका ८ निवासी ५२ वर्षीया कृष्ण कुमारी पालुङ्वालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।

गम्भीर घाइते पालङ्वाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि सोमबार विहान काठमाडौं पठाइएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए । उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने समेत प्रमुख जिल्ला अधिकारी पाण्डेको भनाइ छ ।

शुक्रबार राति गएको पहिरोमा कृष्ण कुमारीकी दिदी दिलकुमारी पालुङवाको मृत्यु भएको थियो भने कृष्ण कुमारीलाई घाइते अबस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो ।

सो पहिरोमा परी चार जनाले ज्यान गुमाएका छन् भने सयौं विस्थापित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment